Notice

शिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।     हुलाक टिकटको सम्बन्धमा।     शिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।     बीमा प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने सम्बन्धमा ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

News and Events

News and Events Details

news-img
2024-09-12

वीरगञ्ज महानगरपालिकासँग बीमा सम्बन्धी अन्तक्र्रिया

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज मधेश प्रदेशको वीरगञ्जमा ‘वीरगञ्ज महानगरपालिकासँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेश मान सिंहले नगरवासीको सामूहिक दुर्घटना बीमा गर्न र घर बनाउन नक्सा पास गर्दा बीमा अनिवार्य गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रमुख सिंहले महानगरपालिकाको भवनको बीमा गर्नका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुहुँदै बीमा कम्पनीहरूले प्रतिवद्धता जनाएका कुराहरू कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले पालिकास्तरमा नै बीमा सम्बन्धी गुनासाहरू राख्नपाउने र समस्या समाधान गर्ने व्यवस्था हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरपालिको केही प्रतिशत बजेट छुट्याएर विपन्न तथा गरीब बर्गको बीमा गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

अध्यक्ष सिलवालले विद्यालयका पाठ्यक्रममा ‘बीमा’ विषय समावेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा बजारको विद्यमान अवस्था,  बीमाको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका लगायत बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू, अगुवा कृषक र बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देवले गर्नुभएको थियो ।