Notice

बाढी तथा पहिरोबाट उत्पन्न बीमा दावीको विवरण _असोज २९ गतेसम्मको।     सहायक प्रथम-प्रशासन-विज्ञापन नं ९-१०(२०८०-८१) खुला-समावेसी सम्बन्धी योग्यताक्रम तथा सिफारिसको सूचना(खुला, आ.ज.)     सहायक निर्देशक(सूचना प्रविधि)-अधिकृत तृतीय-प्रशासन-विज्ञापन नं ८(२०८०-८१) खुला सम्बन्धी योग्यताक्रम तथा सिफारिसको सूचना     सहायक निर्देशक-अधिकृत तृतीय-कानून-विज्ञापन नं ६-७(२०८०-८१) खुला-समावेसी सम्बन्धी योग्यताक्रम तथा सिफारिसको सूचना(खुला र मधेशी)     सहायक निर्देशक-अधिकृत तृतीय-प्रशासन-विज्ञापन नं १-५ (२०८०-८१) खुला-समावेशी सम्बन्धी योग्यताक्रम तथा सिफारिसको सूचना(एकमुष्ट)     सहायक निर्देशक-अधिकृत तृतीय-प्रशासन-विज्ञापन नं १-५ (२०८०-८१) खुला-समावेशी सम्बन्धी योग्यताक्रम तथा सिफारिसको सूचना(आ.ज. , मधेसी तथा दलित)     सहायक निर्देशक-अधिकृत तृतीय-प्रशासन-विज्ञापन नं १-५ (२०८०-८१) खुला-समावेसी सम्बन्धी योग्यताक्रम तथा सिफारिसको सूचना(खुला)     कम्प्युटर सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वाताको समय तालिक र स्थान प्रकाशन गरिएको सम्बन्धमा ।     लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना (२०८१।०५।२४)     Risk Free Rate has been published     Spread Rate has been published     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

FAQ

Frequently Asked Questions

नेपाल बीमा प्राधिकरण भनेको के हो?

बीमा ऐन, २०७९ बमोजिम बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित‚ नियमित‚ प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न‚ बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एंव बीमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नको लागि स्थापना भएको नेपालको बीमा नियमनकारी निकाय हो ।  

नेपाल बीमा प्राधिकरणले के काम गर्दछ ?

प्राधिकरणले नेपाल सरकारलार्इ बीमा सम्बन्धी  आवश्यकतानुसार सल्लाह दिने कार्य गर्दछ । यसका साथै, बीमक (बीमा कम्पनी)‚ बीमा मध्यस्थकर्ता (बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमा दलाल, तेश्रोपक्ष सहजकर्ता तथा अन्य बीमा सेवा प्रदायक संस्था) को इजाजतपत्र जारी गर्ने, खारेज गर्ने र नियमन गर्ने कार्य गर्दछ । 

नेपाल बीमा प्राधिकरणको कार्यालय कहाँ रहेको छ ?

नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालय ललितपुर महानगरपालिका-१० स्थित कुपण्डोल कानदेवतामा रहेको छ ।

नेपाल बीमा प्राधिकरणको कुन कुन प्रदेशमा शाखा कार्यालय छ  ?

वाग्मती प्रदेश बाहेक अन्य सबै ६ प्रदेशमा यसको शाखा कार्यालय छ ।

नेपाल बीमा प्राधिकरणको तालुक मन्त्रालय कुन हो?

प्राधिकरणको तालुक मन्त्रालय नेपाल सरकार‚ अर्थ मन्त्रालय हो ।

नेपाल बीमा प्राधिकरणको (बीमा समिति) स्थापना कहिले भएको हो ?

तत्कालिन बीमा समिति हालको नेपाल बीमा प्राधिकरणको स्थापना वि.स. २०२६ जेठ ०१ गते भएको हो ।

जीवन बीमा भनेको के हो?

कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मुत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करार हो।

निर्जीवन बीमा भनेको के हो?

जीवन बीमा बाहेक कुनै सम्पत्ति वा दायित्वको जोखिमका सम्बन्धमा बीमाशुल्क लिई बीमालेखमा उल्लेख भए बमोजिमको जोखिम स्वीकार गरे बापत कुनै खास रकम हर्जाना वा क्षतिपूंर्ति प्रदान गर्न बीमक (बीमा कम्पनी) ले बीमित सँग गरेको करार हो ।

नेपालमा कति वटा बीमा कम्पनीहरू रहेका छन् ?

जीवन बीमा कम्पनी - १४ वटानिर्जीवन बीमा कम्पनी - १४ वटा

पुनर्बीमा कम्पनी - २ वटा,   लघुबीमा कम्पनी - ७ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनी रहेका छन्।

बीमा तथा बीमा व्यवसायसंग सम्बन्धित तथ्याङ्क सर्वसाधारणलाई कस्ले उपलब्ध गराँउछ ?

नेपाल बीमा प्राधिकरणले ।

बीमा अभिकर्ता भनेको के हो ?

बीमकको तलबी कर्मचारी नभर्इ बीमकको प्रतिनिधिको रूपमा कमिसनको आधारमा काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्था हो ।

बीमा सर्भेयर भनेको के हो ?

कुनै पनि क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्दछ ।

बीमाङ्की भनेको के हो ?

बीमकको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त संस्थाबाट बीमाङ्कीको उपाधि हासिल गरेको व्यक्ति सम्झनु पर्दछ ।

बीमकले दावी वापतको रकम भुक्तानी गर्न अस्वीकृत गरेमा वा नतिरेमा कहाँ उजुरी गर्न सकिन्छ ?

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय वा सो अन्तर्गतका प्रादेशिक कार्यालयमा उजुरी दिन सकिन्छ ।

बीमा सम्बन्धी कुनै समस्या, गुनासो वा अप्ठ्यारो परेमा कहाँ सम्पर्क गर्नुपर्दछ ?

नेपाल बीमा प्राधिकरण वा सो अन्तर्गतका प्रादेशिक कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

बीमालेख खरिद गर्नुपूर्व के के कुरामा ध्यान दिनु पर्छ ?

बीमालेख खरिद गर्नुपूर्व आफुले खरिद गर्ने बीमालेखले गर्ने रक्षावरण, बीमालेखमा उल्लेख भएका शर्त तथा सुविधाहरू‚ तिर्नुपर्ने बीमाशुल्क‚ बीमा अवधि जस्ता कुराहरूमा ध्यान दिनु पर्छ ।

बीमामा प्रस्ताव फारम कत्तिको महत्वपूर्ण हुन्छ ?

प्रस्ताव फारमको आधारमा जीवन तथा सम्पत्तिमा हुने जोखिमको मूल्याङ्कन हुने हुँदा प्रस्ताव फाराम महत्वपूर्ण हुन्छ । बीमितले प्रस्ताव फाराम भर्दा सत्य र साँचो कुरा उल्लेख गर्नुपर्दछ, अन्यथा बीमा दावीको समयमा समस्या उत्पन्न हुन्छ ।

जीवन बीमा गर्दा मुख्य के कुरामा ध्यान दिनु पर्दछ ?

जीवन बीमा गर्दा आफ्नो आवश्यकता र आम्दानीको आधारमा बीमा गर्नु उपयुक्त हुन्छ । आफ्नो हैसियत भन्दा बढी हुने गरी बीमालेख खरिद गरेमा बीमाशुल्क तिर्न नसकेर बीचैमा बीमा त्याग गर्नुपर्ने अवस्था आउन सक्छ ।

बीमा गरिएको सम्पत्ति (घर‚ व्यवसाय‚ कृषि तथा पशुपन्छी‚ उद्योग) मा क्षति/हानी नोक्सानी भएमा के गर्नु पर्छ ?

बीमकलाई फोन, एसएमएस वा जुनसुकै माध्यमबाट तुरून्त जानकारी गराउनु पर्छ र सम्पत्तिमा थप क्षति/हानि नोक्सानी हुनबाट जोगाउने प्रयास गर्नु पर्दछ ।

बीमा गर्दा आफ्नो सम्पत्ति (घर‚ व्यवसाय‚ कृषि तथा पशुपन्छी‚ उद्योग) को वास्तविक मूल्य भन्दा कम वा वढी मूल्यमा बीमा गर्न हुन्छ की हुदैन ?

वास्तविक मूल्य भन्दा बढी वा कम मूल्यमा बीमा गराउनु हुदैन र यदि बास्तविक मूल्य भन्दा कम वा बढी हुने गरी बीमा गराएमा बीमा दावीमा समस्या उत्पन्न हुन्छ ।

के निर्जीवन बीमा अन्तर्गत आफ्नो सम्पत्तिको एक भन्दा बढी कम्पनीमा बीमा गराएमा सबै बीमा कम्पनीबाट बीमा दावी पाईन्छ ?

पाईदैन । बीमाको क्षतिपूर्तिको सिद्धान्त लागु हुन्छ र बीमा शुल्क फिर्ता पनि हुदैन ।

*नोट: बीमा सम्बन्धी अन्य कुनै जिज्ञासा वा प्रश्नहरु भएमा नेपाल बीमा प्राधिकरणमा सम्पर्क राख्नुहोला ।