Notice

Risk Based Capital and Solvency Directive,2025     विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्ने सम्बन्धमा     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

मानवीय जीवन तथा सम्पत्तीमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप, विपत्ति र जोखिमहरुको सम्भावना रहेको हुन्छ, जस्तैः मृत्यु,भुकम्प¸बाढी¸पहिरो¸दुर्घटना¸आगलागी आदि । यस्तो प्रकारको जोखिमबाट मानव जीवन तथा सम्पत्तिमा क्षति हुने सम्भावना हुन्छ । यस्तो अनिश्चित जोखिमबाट हुने आर्थिक नोक्सानीबाट बच्नको लागि  बीमक (बीमा कम्पनी) लाई जोखिमको हस्तान्तरण गर्ने प्रकृयालाई नै बीमा भनिन्छ । 

बीमा ऐन २०७९, अन्तर्गत बीमा व्यवसायलाई देहाय बमोजिम तीन प्रकारमा विभाजन गरिएको छः-

१.   जीवन बीमा व्यवसाय

२.   निर्जीवन बीमा व्यवसाय

३.   पुनर्बीमा व्यवसाय

मानिसको जीवनमा हुने अनिश्चित जोखिम विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगेमा वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ । जीवन बीमाको अवधि समाप्त भएपछि बीमित (बीमा गर्ने व्यक्ति) ले वा बीमा अवधि भित्र बीमितको मृत्यु भएमा हकवालाले बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्दछ ।

Ø परिवारमा कमाउने व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षतिलाई कम गर्न¸

Ø भविष्यमा afaच्चाको शिक्षा तथा अन्य खर्च व्यवस्थापन गर्न¸

Ø बुढे;कालको लागि आर्थिक सुरक्षा प्रदान गरी परनिर्भरतामा कमी गर्न¸

Ø जीवनमा हुनसक्ने रोगव्याध तथा दुर्घटनाबाट सिर्जीत आर्थिक क्षति कम गर्न¸

Ø कर छुटको सुविधा प्राप्त गर्न ।

जीवन बीमालाई सावधिक जीवन बीमा¸ आजीवन जीवन बीमा र म्यादी जीवन बीमा गरी तिन प्रकारमा विभाजन गरिएको छ ।

आजीवन जीवन बीमाः बीमितको मृत्युपश्चात मात्र निजको हकवालालाई बीमा बापतको रकम प्रदान गर्ने गरी बीमितको जीवनभरको लागि गरिएको बीमा नै आजीवन जीवन बीमा हो । यस्तो बीमामा बीमितले जीवनभर बीमाशुल्क बुझाउनु पर्छ र बीमितको मृत्युपश्चात बीमितको हकवालालाई एकमुष्ठ बीमा बापतको रकम प्रदान गरिन्छ ।

सावधिक जीवन बीमाः कुनै निश्चित अवधिसम्मको लागि गरिने बीमा नै सावधिक जीवन बीमा हो बीमा अवधि समाप्त भएपछि स्वयमं बीमितले वा बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमितको हकवालालाई बीमाङ्क रकम (बीमा गरिएको रकम) र पाकेको बोनस  प्रदान गरिन्छ ।

 म्यादी जीवन बीमाः बीमाको अवधि भित्र बीमितको मृत्यु भएमा निजको हकवालालाई बीमा बापतको रकम प्रदान गर्न गरिएको बिमा नै म्यादी जीवन बीमा हो । यो बीमा छोटो अवधिको लागि गरिन्छ । यो बीमा गरिएको अवधिभित्र कुनै दुर्घटना वा क्षति नभएमा बीमितले कुनै पनि रकम प्राप्त गर्दैन । यस्तो बीमा सावधिक जीवन बीमा भन्दा कम बीमाशुल्क (बीमा गर्दा तिर्नुपर्ने रकम) तिरेर गर्न सकिन्छ । 

नेपाल बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ताहरु मार्फत वा आफू सोझै बीमा कम्पनीमा गई जीवन बीमा गर्न सकिन्छ ।  

Ø बीमा गर्नु अगाडि आफूलाई आवश्यक पर्ने बीमा तथा बीमाकं रकमको यकिन गर्नुपर्दछ ।

Ø बीमालेखका सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिनुपर्दछ ।

Ø आफ्नो पेशा¸व्यवसाय एवम् आर्थिक स्थितिको आधारमा बीमालेख लिनुपर्दछ ।

Ø आफूले लिएको बीमालेख बारे आफ्नो परिवारलाई जानकारी गराउनु पर्दछ ।

Ø बीमालेख सुरक्षित साथ राख्नु पर्दछ । 

व्यपार¸व्यवसाय¸उद्योगधन्दा¸सम्पत्तिमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन सक्दछ । निर्जीवन बीमा भन्नाले सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु (प्राकृतिक प्रकोप¸दैविक प्रकोप¸भवितब्य तथा दुर्घटना) बाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो ।

1) उद्योगधन्दा¸ ब्यापार व्यवसायमा सुनिश्चितता¸

2) पेशागत वा अन्य असावधानीले हुने नोक्सानीबाट बचावट¸

3) बैकिङ ऋणमा धितोको संरक्षणबाट बैंकिङ व्यवसाय दुबैलाई राहत¸

4) यात्रा वा स्वास्थ्य उपचारमा सहयोग

निर्जीवन बीमालाई सम्पत्ति बीमा¸ सामुन्द्रिक बीमा¸मोटर बीमा¸हवाई बीमा¸इन्जिनियरिङ्ग बीमा¸विविध बीमा (कृषि तथा पशुधन बीमा) छ भागमा विभाजन गरिएको छ । 

क)            सम्पत्ति बीमाः हामिले प्रयोग गर्दै आएको घर¸व्यवसायिक भवन¸उद्योग¸व्यपार व्यवसाय तथा सम्पत्ति आदिमा प्राकृतिक तथा मानविय जोखिमबाट हुन सक्ने सम्भावित क्षति विरुद्ध गरिने बीमालाई सम्पत्ति बीमा भनिन्छ । यस बीमाले आगलागी¸ हावाहुरी¸ बाढिपहिरो¸ भू-कम्प¸आँधिवेहरी¸चट्याङ्ग¸विस्फोट¸  स्वजलन¸ हुलदङ्गा तथा आतंकवाद आदिबाट हुने जोखिमको बीमा गरी सम्पत्ति तथा घरमा आर्थिक सुरक्षा प्रदान गर्दछ ।

 

ख)             सामुन्द्रिक बीमाः कुनै पनि कच्चा पदार्थ तथा तयारी मालसामानहरु आयात निर्यात तथा ढुवानीका सिलसिलामा विभिन्न स्थानमा लैजाँदा / ल्याउँदा सामुन्द्रिक मार्ग तथा स्थलगत मार्गमा हुनसक्ने जोखिम विरुद्ध क्षतिपूर्ति प्रदान गर्ने बीमालाई सामुन्द्रिक बीमा भनिन्छ । यसले सामुन्द्रिक संकट¸आँधिबेहरी¸ आगलागी¸ सामुन्द्रिक लुटेरा / डाँकु¸ जहाज एक आपसमा ठोकिने¸डुब्ने जस्तो जोखिम रक्षावरण गरी  आर्थिक सुरक्षा प्रदान गर्दछ ।

 

ग)               इन्जिनियरीङ्ग बीमाः उद्योग¸ कलकारखाना¸ निर्माण परियोजनामा जडान गरिएका यन्त्र¸ उपकरण¸ औजार प्लान्ट¸ मेसिनरी सामाग्री आदि क्षतिग्रस्त भई उत्पन्न हुने क्षति विरुद्ध गरिने बीमालाई इन्जिनियरिङ्ग बीमा भनिन्छ । यस्तो बीमामा यन्त्र¸ उपकरण¸ औजार¸ प्लान्ट¸ मेसिनरी आदिको बिस्फोटन¸ प्राकृतिक प्रकोप¸ दैविक विपत्ती आदिबाट उत्पन्न जोखिमको बीमा गरिन्छ ।

 

घ)              मोटर बीमाः सवारी साधनमा हुनसक्ने दुर्घटना¸ चोरी¸ ठक्कर वा अन्य घटनाबाट मोटर गाडीमा हुनसक्ने क्षति वा  तेस्रो पक्ष (बीमा कम्पनी तथा बीमित बाहेक) लाई हुने नोक्सानीको क्षतिपूर्तीको लागि गरिने बीमालाई मोटर बीमा भनिन्छ । नेपालमा मोटर बीमा अन्तर्गतको तेस्रो पक्ष दायित्व बीमा अनिवार्य गरिएको छ । मोटर बीमालाई सवारी साधनको किसिमका आधारमा ३ भागमा वर्गिकरण गरिएको छ ।

     १) मोटरसाइकल बीमालेख

) निजी सवारी साधन बीमालेख

) व्यवसायिक सवारी साधन बीमालेख

 

ङ)              हवाइ बीमाः दुर्घटनाका कारण हवाईजहाज तथा हवाईजहाजले बोकेको सामान तथा यात्रुको हानी नोक्सानी विरुद्ध गरिने बीमालाई हवाई बीमा भनिन्छ । यस्तो बीमा संसारका सबै देशहरुमा अनिवार्य गरिएको छ ।

बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त निर्जीवन बीमा कम्पनीहरुमा रहेका बीमा अभिकर्ताहरु मार्फत  तथा सोझै निर्जीवन बीमा कम्पनीहरुमा गई निर्जीवन बीमा गर्न सकिन्छ ।  

Ø बीमितले बीमा गर्नु अगाडि आफूलाई आवश्यक बीमा यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरण स्पष्टसँग खुलाई भर्नु पर्छ ।

Ø बीमालेखका सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।

Ø आफ्नो पेशा¸व्यवसाय एवम् आर्थिक स्तर समेत ध्यानमा राखी बीमालेख खरिद गर्ने ।

Ø बीमालेख नविकरण मिति¸इच्छाएको व्यक्ति¸बीमालेख वापत रकम पाउने तथा नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नुभन्दा अगाडि राम्रो सँग बुझ्नु पर्दछ ।

Ø बीमालेख नविकरण गर्ने समय ख्याल गरी समयमा नै बीमालेख नवीकरण गर्नु पर्दछ तथा आधिकारिक भरपाई वा रसिद लिनुपर्छ ।

Ø बीमाशुल्क भुक्तानी पश्चात मात्र यो बीमाले जोखिमको रक्षावरण गर्दछ ।

कृषकले लगाएको कृषि बाली¸ तरकारी¸ फलफूल¸जडिबुटी तथा पालन गरिएको  पशुपन्छी¸ माछा आदीमा हुन सक्ने सम्भावित जोखिम विरुद्ध गरिने बीमा नै कृषि पशुपन्छी तथा जडिबुटी बीमा हो । यस्तो बीमाले खडेरी¸ बर्षा¸ असिना¸ बाढी-पहिरो¸ तुषारो¸ आगलागी¸ भू-कम्प¸ आँधी¸ हावाहुरी जस्ता प्राकृतिक प्रकोप  तथा रोग / किराबाट कृषि वाली¸पशुपन्छीमा हुन सक्ने हानी नोक्सानी तथा मृत्यु बाट हुने क्षति विरुद्ध आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ । 

कृषि तथा पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९ अनुसार यस बीमाको देहायका प्रकारहरु रहनेछन् –

१.   कृषि बीमाः नेपाल सरकार वा सम्बन्धित निकायले कृषि अन्तर्गत बीमा गर्ने भनी छुट्टाएको बालिको बीमालाई कृषि बीमा भनिन्छ । यस बीमा अन्तर्गत धान¸ मकै¸ गहुँ¸ मुसुरो¸ खेसरी¸ मुँग¸ केराउ ¸ तोरी¸ सुर्यमुखी¸ आलस¸ भटमास ¸ तरकारी ¸च्याउ¸ फलफूल¸ फूल¸ मसला¸ घाँसेबाली आदीको बीमा गरिन्छ । यस्तो बीमा बालीको प्रकृति हेरी उत्पादन वा लागतको आधारमा गर्न सकिन्छ ।

२.   पशुपन्छी बीमाः नेपाल सरकार वा सम्बन्धित निकायले पशुपन्छी बीमा गर्ने भनी छुट्टाएको  पशुधनहरुको बीमालाई पशुपन्छी बीमा भनिन्छ । यस बीमा अन्तर्गत गाई भैंसी¸ भेडा बाख्रा¸ कुखुरा¸ हाँस¸ संगुर¸ पन्छी¸ माछा आदीको बीमा गरिन्छ ।

३.   जडिबुटी बीमाः नेपाल सरकार वा सम्बन्धित निकायले जडिबुटी वा वन अन्तर्गत बीमा गर्ने भनी छुट्टाएको  बीमालाई जडिबुटी बीमा भनिन्छ । यस बीमा अन्तर्गत टिमुर¸ हर्रोवर्रो¸ लौठसल्ला¸ ठूलोओखत¸ पाँचऔँले¸ जटामसी¸ चिराइतो¸ मेन्था¸ पुदिना¸ चिराइतो¸ घ्युकुमारी आदीको बीमा गरिन्छ । 

१.   कृषि पशुपन्छी तथा जडिबुटीमा आइपर्ने आर्थीक जोखिमको न्युनिकरण गर्न¸

२.   कृषकहरुको काबु भन्दा बाहिरको परिस्थितिबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गरी कृषकहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न¸

३.   कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रको लगानी आकर्षित गर्न¸

४.   कृषि उत्पादनमा वृद्धि गरी आयातलाई प्रतिस्थापन गर्न¸

५.   नेपाल सरकारद्धारा दिँदै आएको अनुदान रकमको उपयोग गरी साना किसानको जिवनस्तर उकास्न ।

बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त निर्जीवन बीमा कम्पनीहरुमा रहेका कृषि बीमा अभिकर्ता मार्फत  वा सोझै निर्जीवन बीमा कम्पनीमा गई बीमा गर्न सकिन्छ ।  

१.               आफूले बीमा गरेको वस्तुभाउ वा बालीमा हानी नोक्सानी भएमा बीमालेखमा उल्लेख भएको समयावधी भित्र वा यथासम्भव छिटो बीमकलाई कुनै पनि माध्यमबाट खबर गर्नु पर्दछ ।

२.               बीमा दाबी सम्बन्धी प्रकृयाको लागि  निम्न कागजातहरु आवश्यक पर्दछः

Ø पूर्ण रुपले भरिएको दावी फारम

Ø पूर्ण क्षतिको हकमा सक्कल बीमालेखको प्रति र आंशिक क्षतिको हकमा बीमालेखको छाँयाप्रति

Ø नजिकको छिमेकीको सर्जमिन मुचुल्का ( कम्तिका ५ जनाको)

Ø वडा कार्यालयको सिफारिस

Ø  सम्बन्धित बीमालेखमा उल्लेख भएबमोजिमको अद्यावधिक अभिलेखको प्रति

Ø आफूलाई आवश्यक बीमा यकिन गरी त्यससँग सम्बन्धित प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरण स्पष्टसँग खुलाई भर्नु पर्छ ।

Ø बीमालेखका सम्पूर्ण शर्त एवम् सुविधाका बारेमा जानकारी लिएर मात्र बीमा गर्नु पर्दछ ।

Ø बीमालेख बापत आर्थिक क्षतिपुर्ति पाउने तथा नपाउने अवस्था जस्ता विषयमा बीमालेख खरिद गर्नुभन्दा अगाडि राम्रो सँग बुझ्नु पर्दछ ।

Ø बीमालेखको आधिकारीक भरपाई वा रसिद लिनुपर्छ ।

Ø बीमाशुल्क भुक्तानी पश्चात मात्र यो बीमाले जोखिम रक्षावरण गर्दछ ।

साधारणतया कृषि पशुपन्छी तथा जडिबुटी बीमा अन्तर्गत निम्न जोखिमहरुको रक्षावरण गर्दछः

१.   आगलागी तथा चट्याङ्ग

२.   भू-कम्प

३.   बाढी /डुवान / पहिरो

४.   आँधिबेहरी / हिउँ¸असिना¸तुसारो

५.   रोग तथा किरा

६.   आकस्मिक / दुर्घटनाजन्य बाह्य कारणहरु 

Ø कानूनी निकायको आदेशमा नष्ट गर्नु पर्ने भएका

Ø बीमा गरिएको वस्तु हराएमा वा चोरी भएमा

Ø बीमा गरिने वस्तुको बारेमा झुठ्ठा विवरण दिएमा

Ø युद्ध¸अतिक्रमण¸विदेशी सैन्य कारवाही¸गृहयुद्ध¸राजद्रोह¸क्रान्ति¸सत्ता विप्लव¸सैनिक विद्रोहको कारणबाट बीमित वस्तु वा सम्पत्तिको क्षति भएमा 

आर्थिक रुपमा न्यून आय भएका वर्ग तथा भौगोलिक रुपले पिछडिएका क्षेत्र वा सीमान्तकृत समुदायका लागि जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागि गरीने बीमालाई लघुबीमा भनिन्छ । यो बीमालेखको बीमाशुल्क परम्परागत बीमालेखको भन्दा कम हुन्छ । यस्तो बीमालेखमा थोरै शर्त तथा अपवादहरु रहेको हुन्छ । हाल नेपालमा ३ वटा जीवन तथा ४ वटा निर्जीवन गरी जम्मा ७ वटा लघु बीमा कम्पनी सञ्चालनमा रहेका छन् ।

लघु बीमा व्यवसायलाई लघु जीवन र लघु निर्जीवन बीमा व्यवसाय गरी २ भागमा विभाजन गरिएकोछ ।

लघु जीवन बीमा व्यवसाय:

 लघु जीवन बीमा गर्ने बीमकले निम्न प्रकारका बीमा व्यवसाय गर्न सक्नेछ ।

  (क) आजीवन लघुजीवन बीमा

 (ख) सावधिक लघुजीवन बीमा

 (ग) म्यादि लघुजीवन  बीमा

 (घ) अन्य लघुजीवन बीमा

लघु निर्जीवन बीमा व्यवसायः

 लघु निर्जीवन बीमा गर्ने बीमकले निम्न प्रकारका बीमा व्यवसाय गर्न  सक्नेछ ।

 (क) घर, सम्पत्ती तथा व्यवसाय लघबुीमा¸

 (ख) मोटर लघबुीमा¸

 (ग) इन्जीनियरिङ्ग  लघबुीमा,

(घ) दायित्व तथा मौद्रिक क्षति लघुबीमा,

(ङ) अन्य लघुनिर्जीवन बीमा ।

Ø न्युन आय वर्गको जिवन तथा सम्पत्तिको सुरक्षा गर्न ।

Ø वित्तिय समावेशिता प्राप्त गर्न ।

Ø आर्थिक विपन्नता न्यूनिकरण गर्न ।

Ø अनिवार्य बचत तथा ऋण लिने सुविधा प्राप्त गर्न ।

Ø आफू तथा आफ्नो परिवारको आर्थिक अवस्था यथास्थितीमा राख्न । 

बीमा प्राधिकरणबाट ईजाजतपत्र प्राप्त लघुजीवन वा जीवन बीमा कम्पनीमा गई जीवन बीमा तथा लघुनिर्जीवन वा निर्जीवन बीमा कम्पनीमा आफूलाई आवश्यक जीवन अथवा निर्जीवन लघुबीमा गर्न सकिन्छ ।  

पूर्ण रुपले भरिएको दावी फारम
पूर्ण दावीको हकमा सक्कल बीमालेखको प्रति र आंशिक दावीको हकमा बीमालेखको छाँयाप्रति
बीमा गरिएको सम्पत्ति क्षति भएको प्रमाण पत्र
अपराधिक घटना घटेको भए प्रहरी प्रतिवेदन
बीमकले सर्भे गराएको भए सर्भे प्रतिवेदन
सामुहिक जमानि गरिएको भए सो कागजात
जीवन बीमाको हकमा नाता प्रमाणित पत्र तथा मृत्यु प्रमाणपत्र

Ø बीमालेख बमोजिम दावी गर्नुपर्ने भएमा बीमा गर्ने व्यक्तिले यथासम्भव छिटो बीमा कम्पनीलाई कुनै पनि माध्यमबाट खबर गर्नु पर्दछ ।

Ø प्रस्तवानामा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु स्पष्टसँग खुलाई भर्ने ।

Ø बीमितले आफ्नो आवश्यकता/ पेशा/ व्यवसाय एवं आम्दानीको स्रोतलाई मध्यनजर गरी बीमा गर्ने ।

Ø बीमितले बीमाशुल्क बुझाएपछि आधिकारीक भरपाई लिने ।

Ø  समयमा नै बीमालेख नविकरण गर्ने ।

Ø बीमालेखमा उल्लेख भएका शर्त तथा सुविधा बारे जानकारी राख्ने ।

बीमालेख लिने व्यक्ति वा संस्थाले बीमक (बीमा कम्पनी)  समक्ष बीमालेखले रक्षावरण गरेको जोखिमको विरुद्धमा हुने आर्थिक क्षतिको क्षतिपूर्तिको लागि पेश गरेको अनुरोध वा निवेदनलाई दाबी भनिन्छ । निर्जीवन बीमा अन्तर्गत बीमा गरेको सम्पत्तिमा दुर्घटना परी हानी/नोक्सानी वा क्षति भएमा तथा जीवन बीमाको हकमा बीमितको बीमा अवधि परिपक्व भएमा अथवा बीमितको मृत्यु भएको अवस्थामा  बीमा कम्पनी मार्फत दाबी लिन सकिन्छ । जीवन बीमालेखमा तोकिएको रकम तथा निर्जीवन बीमाको हकमा क्षति भएको सम्पत्तिको मूल्य बराबरको दाबी भुक्तानी रकम प्राप्त गर्नु बीमितको अधिकार 

क)        जीवन बीमा दाबीः जीवन बीमाको हकमा बीमा गरिएको अवधि समाप्ती पछि वा बीमाको अवधि भित्र बीमितको मृत्यु भएमा जीवन बीमा कम्पनी समक्ष निवेदन पेश गर्न सकिन्छ ।

 १.   परिपक्व भएको बीमालेखको दाबी भुक्तानीः

परिपक्व भएको बीमालेखको दाबी भुक्तानीको लागि आवश्यक कागजातहरुः-

          १. दाबी फारम (सम्बन्धीत बीमकले उपलब्ध गराएको)

          २.  सक्कल बीमालेख¸                                            

          ३.  परिचय खुल्ने कागजात¸                                               

 २. मृत्यु दाबी भुक्तानीः                                                                                                    

मृत्यु दाबी भुक्तानीको लागि पेश गर्नुपर्ने कागजातहरुः-

१.    दाबी फारम (सम्बन्धीत बीमकले उपलब्ध गराएको)

२.    बीमितको मृत्यू प्रमाणपत्र                                          

३.    दुर्घटनाबाट मृत्यु भएको अवस्थामा सरकारी चिकित्सकद्धारा प्रदान गरीएको शव परिक्षणको प्रतिवेदन¸  

४.     इच्छाईएको व्याक्ति भए निजको नभए हकवालाको नाता प्रमाणित प्रमाणपत्र

 )  निर्जीवन बीमा दाबीः-  निर्जीवन बीमाको हकमा बीमा गरिएको सम्पत्तिमा कुनै दुर्घटना भई क्षति भएमा निर्जीवन बीमा कम्पनीलाई यथासम्भव छिटो लिखित रुपमा जानकारी दिनुपर्नेछ । लिखित रुपमा जानकारी दिन नसक्ने अवस्थामा मौखिकटेलिफोनईमेल वा अन्य कुनै माध्यमबाट सूचना दिन सकिन्छ ।

१.    दाबी फारम (सम्बन्धीत बीमकले उपलब्ध गराएको)

२.    क्षति भएको सम्पत्तिको प्रमाणीत विवरण¸

३.    सर्भेयर रिपोर्ट¸

१.        कुनै हानी वा नोक्सानीको अवस्था सृजना भई बीमा दाबी गर्नुपर्दा बीमित स्वयंले¸ टेलिफोन¸ एसएमएस¸ ईमेल तथा जुनसुकै माध्यमबाट बीमकलाई तुरुन्तै खबर गर्नुपर्छ ।

२.       बीमाको आंशिक दाबी गर्दा बीमालेखको छाँयाप्रति र पूर्ण दाबी गर्दा सक्कल बीमालेख बीमकलाई पेश गर्नुपर्छ ।

३.        बीमा दाबी फारम भरी दाबी सम्बन्धी सम्पूर्ण विवरण पेश  गर्नुपर्छ ।

४.       जीवन बीमाको हकमा बीमा अवधि अगावै बीमितको मृत्यु भएमा निजको हकवालाले नाता प्रमाणपत्र¸ बीमितको मृत्यु प्रमाणपत्र तथा दुर्घटनाबाट मृत्यु भएको भए प्रहरी प्रतिवेदन तथा चिकित्सकद्धारा गरिएको शव परिक्षण प्रतिवेदन र आवश्यकता अनुसार माग गरिएको कागजात तथा प्रमाण पेश गर्नुपर्छ ।

५.        निर्जीवन बीमाको हकमा बीमालेखमा उल्लेख भए बमोजिमको प्रकृया पूरा गरी कागजातहरु पेश गर्नुपर्छ ।

६.        नेपाल बीमा प्राधिरणबाट तोकिदिएका अन्य आवश्यक विवरणहरु पेश गर्नुपर्छ । 

बीमा गर्ने व्यक्ति (बीमितलाई बीमा कम्पनी (बीमकद्धारा मर्का पर्नेगरी क्षतिपूर्ति रकम प्रदान गरेमा¸ बीमाका सिद्धान्त विपरितका काम गरेमा वा कुनै कारणलाई आधार मानि क्षतिपूर्ति दिन इन्कार गरेमा बीमितले बीमा प्राधिकरणमा उजुरी दिनसक्नेछ ।  बीमा प्राधिकरण अर्धन्यायीक निकाय भएकोले उजुरी परे पश्चात प्राधिकरणले आवश्यक छानबिन गरी वास्तविकता पत्ता लगाइ बीमित हकको रक्षा समेत गर्दछ ।

 .   नेपाल बीमा प्राधिकरणको केन्द्रिय तथा प्रादेशिक कार्यालयमा बिमितले लिखित रुपमा¸ फोन वा एसएमएसद्धारा¸ बीमा प्राधिकरणको वेभसाईटबाट र प्राधिकरणको ईमेल Ujuri@ nia.gov.np तथा info@ nia.gov.np मार्फत समेत उजुरी गर्न सकिनेछ । 

२.  बीमा सम्बन्धी कुनै जानकारी चाहिएमा प्राधिकरणका सूचना अधिकारी र उजुरी तथा गुनासो सम्बन्धी समस्या परेमा गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गर्न सकिनेछ ।

यो बीमा क्षेत्रको नियमनकारी निकाय हो । बीमा ऐन २०७९ अनुसार बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित‚ नियमित‚ प्रतिस्प्रर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न‚ बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एंव बीमा व्यवसायको प्रभावकारी रूपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नको लागि स्थापना भएको नियमनकारी निकाय हो ।  

यसले बीमा कम्पनी‚ बीमा सर्भेयर र बीमा मध्यस्थताकर्ताको लाइसेन्स जारि गर्नेरद्द गर्ने तथा तिनीहरूलाई नियमन गर्ने गर्छ । साथै‚ नेपाल सरकारलाई आवश्यकता अनुसार बीमा सम्बन्धी सल्लाह दिने काम गर्छ ।

यो ललितपुर महानगरपालिका -१०कुपण्डोलमा रहेको छ ।

नेपाल सरकार‚ अर्थमन्त्रालय अन्तर्गत पर्दछ ।

वि.स. २०२६ जेठ ०१ गते ।

कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको उमेरको आधारमा एकमुष्ठ वा किस्ताबन्दीमा कुनै खास रकम बुझाएमा निज वा निजले अख्तियारी दिएको व्यक्तिले वा निजको मुत्यु भएको अवस्थामा बीमालेखमा उल्लेख भए बमोजिम निजले अख्तियारी दिएको व्यक्ति वा निजले इच्छाएको व्यक्ति वा निजको हकवालाले कुनै खास रकम पाउने गरी बीमकले बीमितसँग गरेको करार सम्झनु पर्छ ।

जीवन बीमा तथा पुनर्बीमा बाहेकको बीमा सम्झनु पर्छ र सो शब्दले कुनै सम्पत्ति वा दायित्वको जोखिमका सम्बन्धमा बीमाशुल्क लिई बीमालेखमा उल्लेख भए बमोजिमको जोखिम स्वीकार गरे बापत कुनै खास रकम हर्जाना वा क्षतिपूर्ति प्रदान गर्न बीमकले बीमितसँग गरेको करार सम्झनु पर्छ ।

जीवन बीमा कम्पनी - १४ वटा

निर्जीवन बीमा कम्पनी - १४ वटा

पुनर्बीमा कम्पनी - २ वटा

लघुबीमा कम्पनी - ७ वटा गरी जम्मा ३७ वटा कम्पनी रहेका छन्।

नेपाल बीमा प्राधिकरणले ।

बीमकको कर्मचारी बाहेक कमिसनको आधारमा काम गर्ने इजाजतपत्र प्राप्त  बीमा मध्यस्थताकर्ता व्यक्ति वा संस्था सम्झनु पर्दछ ।

क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने इजाजतपत्र प्राप्त बीमा मध्यस्थताकर्ता व्यक्ति वा संस्था सम्झनु पर्दछ ।

बीमकको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त संस्थाबाट बीमाङ्कीको उपाधि हासिल गरेको व्यक्ति सम्झनु पर्दछ ।

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय वा सो अन्तर्गतका प्रादेशिक कार्यालयमा उजुरी दिन सकिन्छ ।

नेपाल बीमा प्राधिकरण वा सो अन्तर्गतका प्रादेशिक कार्यालयमा सम्पर्क गर्नु पर्दछ ।

आफुले खरिद गर्ने बीमालेखमा उल्लेख भएका शर्त तथा सुविधाहरू‚ तिर्नुपर्ने बीमाशुल्क‚ बीमा अवधि जस्ता कुराहरूमा ध्यान दिनु पर्छ ।

प्रस्ताव फारमको आधारमा जोखिम मूल्याङ्कन हुने हुँदा सो फारममा साँचो र सत्य कुरा मात्र उल्लेख गर्नुपर्दछ । अन्यथाबीमा दाबी रद्द / नपाइन सक्छ ।

आफूले लिने बीमालेखमा उल्लेख गरिएको अवधि सम्म तोकिएको बीमा शुल्क तिर्नुपर्ने हुदाँ आफ्नो आवश्यकता र आम्दानीको आधारमा बीमा गर्नु उपयुक्त हुन्छ ।

बीमकलाई तुरून्त जानकारी गराउनु पर्छ । साथै‚ थप क्षति/हानि नोक्सानी हुन बाट जोगाउने प्रयास गर्नु पर्दछ ।

वास्तविक मूल्य भन्दा बढी वा कम मूल्यमा बीमा गराउनु हुदैन र यदि कम मूल्यको बीमा गराएमा वास्तविक क्षति भन्दा कम दावी पाईन्छ भने सम्पत्ति भन्दा बढी मूल्यको बीमा गराए पनि क्षति रकम वरावर मात्र क्षतिपूर्ति पाइन्छ ।

पाईदैन ।बीमाको क्षतिपूर्तिको सिद्धान्त लागु हुन्छ र बीमा शुल्क फिर्ता पनि हुदैन ।

वाग्मती प्रदेश बाहेक अन्य सबै ६ प्रदेशमा यसको शाखा कार्यालय रहेका छन् ।

बीमितले बीमाशुल्क बीमा अवधि भरी तिर्नु पर्ने हुन्छ बीमाशुल्क नतिरेमा बीमा स्वतः रद्द हुन जान्छ । तर यदी बीमितद्धारा कम्तिमा ३ वर्षसम्म बीमाशुल्क तिरिएको छ भने समर्पण मूल्य कायम गर्न सकिन्छ ।

३ वर्ष सम्म बीमा शुल्क तिरि बाँकि अवधिको तिर्न नसकिने अवस्थामा आफूले बीमाशुल्क बुझाएको अवधि सम्मको नियमानुसार पाउनु पर्ने रकम तत्काल पाउ भनि स्वीकार गर्नु हो ।