About Us

Madhesh Province Office

Nepal Insurance Authority is the sole Regulatory Agency established to systematize, regularize, inspect and supervise insurance business in Nepal. It is an autonomous institution, established as per section 3 of the Insurance Act, 2079 BS, having a legal personality with perpetual succession. The Authority is entrusted with the objective to ensure a fair, competitive, reliable and credible insurance service in Nepal. Similarly, the Authority is also responsible for the regulation of insurance business effectively to protect the rights and interest of policy holders. To carry out these broad objectives, the Authority cooperates and coordinates with various national competent Authorities, private sector, stakeholders, foreign counterparts and international organizations. It is a founding member of International Association of Insurance Supervisors(IAIS).

img

Information Center

Video and Audio

Our Videos and Audios

audio
audio
audio

Our video and audio section is your portal to a diverse range of content designed to inspire, inform, entertain and get information.

Our video and audio section is your portal to a diverse range of content designed to inspire, inform, entertain and get information.

News and Events

news-img
Jan 13 2025

फतुवा विजयपुर नगरपालिकासँग बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम

फतुवा विजयपुर नगरपालिकासँग बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम रौतहट जिल्ला, फतुवा विजयपुर नगरपालिका मिति २०८१।०९।१७ मा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशद्वारा फतुवाविजयपुर नगरपालिकामा बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख प्रीति देवको सभापतित्वमा तथा उक्त नगरपालिकाका कार्यवाहक प्रमुख तथा योजना शाखाका शाखा प्रमुखको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, कर्मचारीहरु, स्थानीय निर्वाचित जनप्रतिनिधिहरु, अगुवा कृषकहरु र स्थानीय वासिन्दा साथै बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोमिला शर्माले संचालन गर्नु भएको थियो । बीमालेख वा बीमाको सक्कल कागजात हराएमा के हुन्छ ? कागजात हराउदा बीमा दाबी पाइन्छ कि पाइदैन ? तथा कागजात फेरी प्राप्त गर्न सकिन्छ कि सकिदैन ? प्रतिलिपि लिन मिल्छ भने कसरी लिन सकिन्छ ? बीमा दाबीको लागि कति समय चाहिन्छ ? बीमा दाबी गर्दा अधिकतम कति रकम पाइन्छ ? आफ्नो बीमा गर्न कति पैसा लाग्छ ? जस्ता प्रश्नहरु कार्यक्रममा राखिएको थियो । कार्यक्रमका प्रमुख अतिथि फतुवाविजयपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुखले बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रमले उपस्थीत सबैलाई धेरै कुरा जानकारी दिएको बताउनु भयो र बीमा बारे अरु लाई पनि सिकाउन सकिने कुरा बताउनु भयो । उहाँले कार्यक्रम आयोजना गरेर बीमा बारे धेरै कुरा सिक्न पाएकोमा नेपाल बीमा प्राधिकरण टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलयका प्रमुख श्री प्रीति देवले कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै मधेश प्रदेशमा बीमा एकदमै न्युन भएको, गरिब तथा पिछडिएको वर्गलाई बीमाको माध्यमबाट सुरक्षीत गर्न आवश्यक रहेको जस्ता जानकारी दिदै पालिकालाई आफ्नो क्षेत्रका मानिसलाई बीमासँग जोडेर सुरक्षित राख्न जरुरी भएको जानकारी दिनुभयो र सो सम्बन्धमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने भए प्राधिकरण सधै तैयार रहेको जानकारी समेत दिनुभयो । अन्तयमा नेपाल बीमा प्राधिकरणको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्दै र कार्यक्रम संचालका लागि आवश्यक समन्वय गरिदिएकोमा पालिकालाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।
Read More
news

कटहरीया न.पा.सँग अन्तरक्रिया

कटहरिया नगरपालिकासँग बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम रौतहट जिल्ला, कटहरिया नगरपालिका मिति २०८१।०९।१६ मा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशद्वारा कटहरिया नगरपालिकामा बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख प्रीति देवको सभापतित्वमा तथा उक्त नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, स्थानीय निर्वाचित जनप्रतिनिधिहरु, अगुवा कृषकहरु, पत्रकार र स्थानीय व्यवसायीहरुका साथै बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोमिला शर्माले संचालन गर्नु भएको थियो । कार्यक्रममा Online payment लाई आधिकारिक कागजात मान्ने कि नमान्ने ? पशु प्राविधिकले बीमाको कागजात सिफारिस गर्नु पर्छ, के को आधारमा सिफारिस गर्ने ? कृषी बीमाको दाबी कति दिनमा पाइन्छ ? जस्ता प्रश्नहरु कार्यक्रममा राखिएको थियो । कार्यक्रममा उक्त नगरपालिकाका स्वास्थ विभागका प्रमुखले आफ्नो मनतव्यमा बीमाको कारणले अप्ठ्यारो स्थितिमा परेको एक परिवारले बीमाबाट प्राप्त गरेको लाभको बारे उदाहरण दिदै बीमा सबैका लागि एकदमै महत्वपुर्ण भएको र सबैले बीमा गर्नुपर्छ भन्ने कुरा बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कटहरिया नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत श्री ले बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रमले आफुलाई समेत धेरै कुरा सिकाएको बताउनु भयो र बीमा सबैका माझ पुर्याउन आवश्यक रहेको कुरा समेत बताउनु भएको थियो । उहाले कार्यक्रम आयोजना गरेकोमा नेपाल बीमा प्राधिकरण टिमलाई धन्यवाद ज्ञापन गर्नु भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलयका प्रमुख श्री प्रीति देवले कार्यक्रममा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै मधेश प्रदेशमा बीमा एकदमै न्युन भएको र मानिसको प्राथमिकतामा नपरेकोले पिछडिएको वर्गलाई बीमाको माध्यमबाट सुरक्षीत गर्न आवश्यक रहेको जानकारी दिदै पालिकालाई आफ्नो क्षेत्रमा कस्तो खालको सुरक्षा चाहिएको हो सो सम्बन्धमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने भए प्राधिकरण सधै तैयार रहेको जानकारी दिनुभयो । अन्तयमा नेपाल बीमा प्राधिकरणको तर्फबाट मायाको चिनो हस्तान्तरण गर्दै र कार्यक्रम संचालका लागि सम्नवय गरिदिएकोमा पालिकालाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।...

news

नेशनल मेडिकल कलेजका विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा विद्यार्थी तथा शिक्षकहरुहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न: नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आ.व ०8१/०8२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम रहेको हुँदा Medical Profession (MBBS) तर्फको विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम मिति 208१/0९/११ गतेमा वीरगंज स्थित नेशनल मेडिकल कलेज तथा हस्पिटल (वीरगंज), पर्सा जिल्लामा सम्पन्न भयो। उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख श्री प्रीति देवज्यूले गर्नु भएको थियो। अतिथिको रुममा नेशनल मेडिकल कलेज तथा हस्पिटल (वीरगंज) का प्रा.डा. श्री कृष्णानन्द सिंह रहनु भएको थियो। उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक रोमिला शर्माले, स्वागत मन्तवय सहायक निर्देशक रोशन कुमार महासेठले तथा प्रस्तुतीकरण यस प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख श्री प्रीति देवले गर्नुभएको थियो। कार्यक्रममा Medical Profession (MBBS) तर्फका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो। त्यसै गरी यस विद्यार्थी तथा शिक्षकहरुसँग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रमको प्रस्तुतीकरणमा नेपाल वित्तीय प्रणाली बारेमा जानकारी, नेपाली बीमा बजारको बारेमा जानकारी, बीमा सम्बन्धी जनचेतना बढाई, बीमाको दायरा बढाउनु, बीमित हित संरक्षण तथा गुनासो सुनुवाई सम्बन्धी, जोखिम, विपद तथा खतराको बारेमा जानकारी, विद्यार्थीहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गर्ने, सहभागीहरुलाई नेपालको बीमा प्रणाली र व्यवसायको सम्बन्धमा जानकारी, शिक्षक एवं विधार्थीहरुसँगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गरी बीमाको दायरा विस्तार गर्नुपर्ने उद्देश्यलाई प्राथमिकता साथ प्रस्तुत गर्दै सम्पूर्णमा अनुरोध गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा सहभागी विद्यार्थीहरुले बीमाको भुक्तानी कति दिनमा पाउँछ? विशेषत Medical Insurance लाई मध्यनजर गर्दै बीमाको विषयमा चासो राखेका थिए? विद्यार्थीहरुले हस्पिटलबाट बीमितहरुले उपचारको क्रममा बील तथा prescription मा अलि अलि अपराधिक गतिविधि ‌औलाएको थियो तथा अन्य बारेमा समेत जिज्ञासा राखेका थिए । बीमा दाबीको बेलामा बीमकले धेरै समय लगाउने कारणहरु के के हुन सक्छ? जस्तै धेरै जिज्ञासाहरु आएको थियो । कार्यक्रममा नेशनल मेडिकल कलेज तथा हस्पिटल (वीरगंज) का प्रा.डा. श्री कृष्णानन्द सिंहज्यूले बीमा साक्षरतालाई ECA (Extra Curriculum Activities) को माध्यमबाट बीमालाई समावेश गर्नुपर्ने विषयमा प्रतिवद्धता जनाउँदै बीमामा रहेका समस्याहरुको गम्भीरताका साथ समाधान गरी अघि बढ्नु पर्ने कुरालाई जोड दिदै कार्यक्रम गरेकोमा नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयलाई यस्तो कार्यक्रम आयोजनाको लागि धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको समापनमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री प्रीति देवले नेशनल मेडिकल कलेज तथा हस्पिटल (वीरगंज)का Medical Profession (MBBS) मा अध्ययनरत विद्यार्थीहरुसँग बीमाका सबै सरोकारवालाहरुको चासोको विषय भएको र बीमासँग सम्बन्धित कानून थोरै भएपनि जान्नु पर्छ भनी अनुरोध गर्नुभयो । कार्यक्रमको अन्तयमा क्याम्पस प्रमुखलाई धन्यवाद दिदैं, प्राधिकरणको तर्फबाट मायाको चिनो प्रदान गरी कार्यक्रम समापन गर्नु भयो ।...

news

जलेश्‍वर न.पा.सँग अन्तरक्रिया

जलेश्वर नगरपालिकासँग बीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम महोत्तरी जिल्ला (मिति २०८१।०९।०९) नेपाल बीमा प्राधिकरण मधेश प्रदेशद्वारा भंगहा नगरपालिकामा बीमा प्रबर्द्धनात्मक अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख प्रीति देवको सभापतित्वमा तथा जलेश्वर नगरपालिकाका नगर उप प्रमुख रौशन खातुन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, स्थानीय निर्वाचित जनप्रतिनिधिहरु, अगुवा कृषकहरु, पत्रकार र स्थानीय व्यवसायीहरुका साथै बीमा, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत प्राधिकरणका मधेश प्रदेशक कार्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल बीमा प्राधिकरणको सहायक निर्देशक रोमिला शर्माले संचालन गर्नु भएको थियो र बीमा सम्बन्धी प्रस्तुतिकरण सहायक निर्देशक रोशन महासेठले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुले, बीमा कम्पनीहरुले लघु बीमा न्युन दरमा भैरहेको ?, बैंकले धेरै व्याज दिन्छ तर बीमाले एकदम थोरै मात्र प्रतिफल दिन्छ, बीमाबाट के फाइदा, किन गर्ने?, बीमा ल्याप्से भएपछि पुन: जागरण गर्न मिल्छ कि मिल्दैन ?, बीमा सजिलै गरिदिन्छन् तर दाबी गर्दा अति झन्झटिलो किन हुन्छ ?, बिना गर्दा बीमा कम्पनीले रु ५०० शुल्क लिएको, कि लिएको ? जस्ता प्रश्न तथा समस्याहरु राखेका थिए । कार्यक्रममा उक्त नगरपालिकाका नगर उप प्रमुख श्री रौशन खातुन ज्यूले बीमा सम्बन्धी यस्तो कार्यक्रम प्रत्येक बडामा गरिनुपर्छ भनेर सल्लाह दिदै आगामी दिनहरुमा बीमाको महत्वलाई जनतालाई समइ पुर्याउन नेपाल बीमा प्राधिकरणलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालक सहायक निर्देशक रोमिला शर्मा र बीमा सम्बन्धी प्रस्तुतिकरण कार्यालयका सहायक निर्देशक रोशन महासेठले प्रस्तुत गर्नु भएको थियो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री प्रीति देवले कार्यक्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै कर्मचारी तथा जनप्रातिनिधिहरुलाई बीमा बारे प्रष्ट पार्दै, बीमामा फाइदाका लागि नभइ सुरक्षाका लागि हुने भएकाले सबैले गर्नु पर्छ भनेर आग्रह कार्यक्रम समापन गर्नु भएको थियो।...

How to Become

How to Become

Contact Details

phone
Phone Number
051-591062
phone
Email Address
infomp@nia.gov.np
phone
Location
Birgunj Metropolitan-10, Adharshanagar, Parsa, Nepal