Notice

पुनःलिलाम सम्बन्धी वोलपत्र आव्हानको सूचना ।     चित्रकथा निर्माण प्रयोजनार्थ कथा उपलब्ध गराउने सम्बन्धी सूचना ।     सुरक्षागार्ड आपूर्ति गर्ने सम्बन्धी बोलपत्र आह्वानको सूचना ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     बोलपत्र आह्वानको सूचना ।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण कार्तिक ९ सम्मको ।     विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्ने सम्बन्धमा     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

News and Events

News and Events Details

news-img
2025-11-04

शपथ ग्रहण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका उहाँलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।