Notice

शिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।     हुलाक टिकटको सम्बन्धमा।     शिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।     बीमा प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने सम्बन्धमा ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

News and Events

News and Events Details

news-img
2025-02-25

अध्यक्ष ओझाबाट कार्यभार ग्रहण

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ । 

यसअघि, आजै अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उहाँलाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताउनुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महशूस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिनुभयो ।

बीमा ऐन, नियम, निर्देशिका एवम् मापदण्ड बमोजिम अगाडि बढ्ने उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बीमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शिघ्र फस्र्यौट र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवम् प्राधिकरण संचालक समितिका सदस्य मदन दहाल उपस्थित हुनुहुन्थ्यो  ।

यसअघि, नवनियुक्त अध्यक्ष ओझा नेपाल बीमा प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।