Notice

बीमा नियमावली , २०८१     बाढी तथा पहिरोबाट उत्पन्न बीमा दावीको विवरण फागुन २१ सम्म     प्रेस नोट ।     कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धि सूचना ।     कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धि सूचना ।     कार्यक्षमता मूल्याङ्कनद्वारा हुने बढुवा सम्बन्धि सूचना ।     बाढी तथा पहिरोबाट उत्पन्न बीमा दावीको विवरण माघ २३ सम्म     कार्यकारी निर्देशकको बढुवा सम्बन्धि सूचना ।     AML/CFT सम्बन्धि निर्देशन     AFIR को बार्षिक बैठक तथा अन्तराष्ट्रिय सम्मेलन।     Guide to Supervisory Intervention Framework 2024     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     Risk Free Rate has been published     Spread Rate has been published     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

News and Events

News and Events Details

news-img
2025-02-25

अध्यक्ष ओझाबाट कार्यभार ग्रहण

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले आज ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ । 

यसअघि, आजै अर्थ मन्त्रालयमा माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नवनियुक्त अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को हिजो बसेको बैठकले उहाँलाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित हुने बताउनुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेर परिवर्तन आएको महशूस हुने गरी सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिनुभयो ।

बीमा ऐन, नियम, निर्देशिका एवम् मापदण्ड बमोजिम अगाडि बढ्ने उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले बीमा क्षेत्रको नियमनकारी निकायका रूपमा प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने र आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउँदै बीमितको हित संरक्षण, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शिघ्र फस्र्यौट र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष एवम् प्राधिकरण संचालक समितिका सदस्य मदन दहाल उपस्थित हुनुहुन्थ्यो  ।

यसअघि, नवनियुक्त अध्यक्ष ओझा नेपाल बीमा प्राधिकरणमा आउनुहुँदा उहाँलाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले खादा, माला र पुष्पगुच्छाले स्वागत गर्नुभएको थियो ।