Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

News and Events

News and Events Details

news-img
2023-07-05

कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम कृषिका सबै क्षेत्रलाई समेटेर बीमालाई प्रभावकारीरूपले अगाडि बढाउनुपर्छ : कृषिमन्त्री डा. भुसाल

नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम यही २०८० साल असार १७ गते आइतवार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि तथा पशुपन्छी बीमाको विगत १० वर्षको अनुभवलाई समीक्षा गरी यसलाई अझै प्रभावकारीरूपले अगाडि बढाउनुपर्ने बताउनुभयो । मन्त्री डा. भुसालले कृषि उत्पादन बढाउन र अर्थतन्त्रलाई सबल बनाउन कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै कृषकले अपनत्व महसूस गर्ने, कृषिका सबै क्षेत्रलाई समेट्ने र विद्यमान समस्याहरूको निकास निस्कने गरी कृषि तथा पशुपन्छी बीमा अनुदान निर्देशिका परिमार्जन गर्नका लागि सुझाव दिन सबैलाई आग्रह गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपक कुमार खरालले सरकारले कृषि तथा पशुपन्छी बीमामा उपलब्ध गराउँदै आएको अनुदान रकम निरन्तररूपमा निकासा हुँदै जाने स्पष्ट गर्नुहुँदै कृषि बीमालेख निरन्तर जारी गर्न, नियमसङ्गत् रूपमा दाबी रकम भुक्तानी गर्न र कृषकलाई आघात पार्ने कुनै काम नगर्न बीमा कम्पनीहरूलाई आग्रह गर्नुभयो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि बीमा अनुदानबाट लक्षित बर्गले लाभ पाए नपाएको सहित अनुदानको उपयोगिताका बारेमा अध्ययन गर्नु आवश्यक रहेको उल्लेख गर्नुहुँदै ठूला कृषि फर्मलाई नभई सीमान्तकृत बर्ग, साना किसान एवम् लक्षित बर्गलाई लाभ पुग्नेगरी कृषि बीमा अनुदानको व्यवस्था हुनसके त्यसको प्रभावकारी बढ्ने बताउनुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, “कृषि तथा पशुपन्छी बीमाले कृषि क्षेत्रको उत्पादकत्व बृद्धि र गरीबी न्यूनीकरणमा सहयोग पु¥याउँछ । उधारो बीमा गर्न नपाइने भएकाले त्यसलाई ध्यानमा राखी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदान रकम निकासा हुने व्यवस्था गर्नुपर्छ । हाल जोखिम बढ्दै गएकाले कृषिबीमालाई दिगो बनाउन रिप्राइसिङ्ग जरूरी छ । स्थानीय तहले कृषि बीमामा अनुदान थप गर्नुभन्दा उक्त रकम बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा उपयोग गरे बीमाको पहुँच विस्तारमा सहयोग पुग्छ ।” नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुृरमण पौडेलले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ३१ हजार ४ सय १६ कृषि तथा पशुपन्छी बीमा दावी फछ्र्यौट भई रू. १ अर्ब ४२ करोड ८३ लाख ८१ हजार बराबरको दावी भुक्तानी भएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक पौडेलले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अन्तर्गत पशुधन, माछा र पन्छी बीमालेख संशोधनको अन्तिम चरणमा पुगेको र दलहन, स्याउ, ओखर तथा आँपखेती बीमालेखहरू जारी हुने क्रममा रहेको बताउनुभयो ।