Notice

बाढी तथा पहिरोबाट उत्पन्न दावीको विवरण मंसिर २६ सम्मको।     बीमालेख जारी गरिएको सम्बन्धमा।     मौरी बीमालेख     तरकारी खेती बीमालेख     कफि बीमालेख     उखु बीमालेख     Risk Based Capital and Solvency Directive, 2024 जारी गरिएको सम्बन्धमा।     Guide to Supervisory Intervention Framework 2024     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     बीमालेख सफ्टवेयर मार्फत जारी गर्ने बारे।     Risk Free Rate has been published     Spread Rate has been published     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

News and Events

News and Events Details

news-img
2024-04-09

बीरगञ्जमा संचारकर्मीहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया,२०८० चैत २९

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र पहुँच वृद्धिका लागि संचार माध्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बीरगञ्जमा मधेश प्रदेशका विभिन्न जिल्लामा कार्यरत संचारकर्मीहरूसँग भएको बीमा सम्बन्धी अन्तक्र्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको बीमा क्षेत्रलाई समेत प्राथमिकता दिन संचारकर्मीहरूसँग आग्रह गर्नुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, “बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिन्छ, सरकारले चन्दा र राहतको व्यवस्था गर्नुभन्दा  नागरिकको जीवन र सम्पत्तिको बीमा गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ, बीमा गरेपछि बीमा कम्पनीले नै क्षतिपूर्ति प्रदान गर्छन्, बीमाबाटै गरीब तथा विपन्न बर्गको जीवनस्तर उकास्न सकिन्छ, बीमाका बारेमा बुझाउन र पहुँच बढाउन संचार माध्यमहरूको महत्वपूर्ण भूमिका हुन्छ ।”

अध्यक्ष सिलवालले संचार माध्यममा आउने बीमा सम्बन्धी समाचारहरूबाट बीमा सम्बन्धी नीति, रणनीति बनाउन सहयोग पुग्ने उल्लेख गर्नुहुँदै संचारकर्मीहरूका लागि बीमा सम्बन्धी तालिम, अन्तक्र्रिया लगायतका कार्यक्रम संचालन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले प्राधिकरणका काम, कारवाही र नियामकीय भूमिका, बीमाको पहुँच, बीमा बजारको अवस्था, बीमा सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र बीमा क्षेत्रको विकास तथा पहुँच वृद्धिमा संचार माध्यमको भूमिका सम्बन्धी प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा संचारकर्मीहरूले नेपाल बीमा प्राधिकरणले संचारकर्मीहरूका लागि नियमितरूपमा तालिम तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नुपर्ने, बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संचारकर्मीहरूसँग समन्वय गरी अगाडि बढ्नुपर्ने, बीमा सम्बन्धी ठगी र बद्मासी नियन्त्रण गर्न प्राधिकरणले नियमन र अनुगमनमा कडाई गर्नुपर्ने, भोजपुरी र मैथिली भाषामा समेत बीमा सम्बन्धी प्रचार प्रसार गर्नुपर्ने लगायतका धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला शाखाका पदाधिकारीहरू, बारा, पर्सा र रौतहत जिल्लाका विभिन्न संचार माध्यमका संचारकर्मी र ती जिल्ला कार्यक्षेत्र रहेका संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गर्नुभएको थियो ।