Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

News and Events

News and Events Details

news-img
2023-07-05

Asian Insurance Meet, 2023 को समापन

चुनौतीसँगै सिर्जना हुने अवसरबाट लाभ लिन सामूहिकरूपमा कार्य गर्नुपर्छ : अध्यक्ष सिलवाल एसियाली बीमा सम्मेलन, २०२३ (Asian Insurance Meet, 2023) को अन्तिम दिन जेठ २७ गते समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । अध्यक्ष सिलवालले भन्नुभयो, “सम्मेलनमा जोखिम व्यवस्थापन, बीमा क्षेत्रमा नवीनतम् प्रविधि र डिजिटल प्रणालीको महत्व, बीमाको पहुँच वृद्धि, नियामक निकायको क्षमता अभिवृद्धि लगायतका विषयमा भएका प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू उपलब्धीमूलक रहेका छन् । जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुन्छन्, यस्ता अवसरबाट लाभ लिनका लागि समग्र बीमा क्षेत्रले सामूहिकरूपमा कार्य गर्नु आवश्यक छ ।” अध्यक्ष सिलवालले International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) र Access to Insurance Initiative (A2ii) को निरन्तरको सहयोगप्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनमा देशहरूको आवश्यकताका आधारमा सहयोगले विस्तारितरूपमा निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । एसियाली बीमा सम्मेलनको आयोजनामा International Association of Insurance Supervisors (IAIS), Asian Development Bank (ADB) र Access to Insurance Initiative (A2ii) को सहयोग रहेको थियो । तीन दिनसम्म भएको सम्मेलनमा नेपाल लगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, कम्बोडिया, इण्डोनेसिया, माल्दिभ्स, थाइल्याण्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापान लगायत विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।