News and Events

News and Events Details

news-img

श्री नेपाल पत्रकार महासंघ सिरहा शाखासंग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा नेपाल पत्रकार महासंघ सिरहा शाखासंग बीमा जागरण तथा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम मिति २०८२/०५/२० गते होटल डिलाईट सिरहामा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष श्री मनोज बनैता यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयमा प्रमुख श्री शिब प्रसाद खनालले गर्नुभएको थियो । कार्यक्रममा सिरहा जिल्ला स्थित विभिन्न आमसंचारमा आवद्ध आर्थिक पत्रकार, खोज पत्रकारिता, रेडियो पत्रकारीता तथा विभिन्न श्रव्य दृष्य पत्रकारीता क्षेत्रमा कार्यारत पत्रकारज्यूहरु, बुद्धिजिवि तथा सिरहा स्थित बीमकका प्रदेश प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई प्राधिकरणको तर्फबाट सहायक निर्देशक श्री महेश मण्डलले स्वागत गर्नुभएको थियो । प्राधिकरणको तर्फबाट नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका प्रमुख श्री शिब प्रसाद खनालले बीमा क्षेत्रका विभिन्न सुचाङ्क तथा गतिविधिहरु समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात छलफलका क्रममा उपस्थित हुनुभएका विभिन्न क्षेत्रका क्रयाशिल पत्रकारज्यूहरुबाट विभिन्न जिज्ञासाहरु राखिएको थियो । बीमा जस्तो संवेदनशिल विषयमा आम नागरिकलाई सचेतना अभिवृद्धि गर्न प्राधिकरणको कस्तो भूमिका र कार्यक्रम रहेको छ ? कृषि तथा पशुधन बीमामा राज्यबाट समेत बीमाशुल्क अनुदानको व्यवस्था भएको अवस्थामा कसरी प्रभावकारीता बढाउन सकिन्छ ? बीमा अनिवार्य हो वा स्वेच्छिक ? नेपालमा बीमा क्षेत्रको स्थापना र विकास भएको लामो समयसम्म पनि अपेक्षित रुपमा बीमाको विकास हुन नसक्नुका कारण के हुनसक्छन ? बीमा व्यवसाय तथा पुनर्बीमा व्यवसायको अवधारणाले कसरी कार्य गर्दछ ? कोरोना बीमा दावी भुक्तानी हुन नसक्नुका कारण के हो ? जीवन तथा निर्जीवन बीमामा आयस्रोत तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण खुलाउनुपर्ने कारणबारे जिज्ञासा राख्नुभएको थियो । अन्तक्रियाका क्रममा सहभागीहरुबाट बीमा दावी प्रकृयामा बीमा कम्पनीको भूमिका दावी भुक्तानीतर्फ ध्यान नदिएको, तेस्रो पक्ष दावी भुक्तानीमा कानूनी समस्या सृजना हुने गरेको, बीमा दावी भुक्तानीका क्रममा बीमितलाई सास्ति दिने गरेको, पत्रकार बीमालेखको रक्षावरणको दायरा थप अभिवृद्धि गर्नुपर्ने, कृषि तथा पशुधन बीमालेख तथा सिफारिसको व्यवस्थालाई सहज बनाउनुपर्ने लगायतका विषयमा सुझाव दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड मधेश प्रदेशका प्रमुख श्री मुरारी प्रसाद सुवेदीले बीमालाई सकारात्मक रुपमा बुझ्न र बुझाउन जरुरी रहेको बताउँदै कृषि तथा पशुधन बीमालेखका यस क्षेत्रका किसानलाई आवद्ध गराउन आम सञ्चारका माध्यमलाई निरन्तर सकारात्मक भूमिकाका लागि अनुरोध गर्नुभयो । बीमालाई बोझको रुपमा नभई अवसर र जीवन सहजीकरणको माध्यम बनाउन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका विशेष अतिथि तथा नेपाल पत्रकार महासंघ सिरहा शाखाका पूर्व सचिव शिब दयाल यादवले बीमा आम नागरिकको आवस्यकताको विषय रहेको भएतापनि यसको विस्तार र नागरिकको जीवन रक्षाका लागि राज्यका निकायसंग समन्वय गरी अगाडी बढाउन आवस्यक रहेको र यसमा नेपाल पत्रकार महासंघले आफ्नो भूमिका निर्वाह गर्न सदैव तत्पर रहने कुरामा विस्वास रहन आग्रह गर्नुभयो । नेपाल प्रदेश काउन्सिलका पूर्व सदस्य तथा रेडियो सहलेश सिरहाका अध्यक्ष श्री चन्द्र देव कामतीले नेपालमा बीमा क्षेत्रको विकास र यसको दायरामा भएको विस्तार प्रति खुसी व्यक्त गर्न सिरहा जिल्लामा बीमा नियमनकारी नियकायसंग यस विषयमा संवाद र छलफल गर्न पाईएको प्रति नेपाल बीमा प्राधिकरण परिवारप्रति आभार व्यक्त गर्नुभयो । साथै, बीमा अत्यावस्यक रहेको भए तापनि आम नागरिकको आर्थिक अवस्था र चेतनाको कमीका कारण प्राथमिकतामा नपरेको बताउँदै आगामी दिनका संचार माध्यमहरुले चेतना अभिवृद्बिमा थप योगदान पुर्याउने विस्वास दिलाउनुभयो । कार्यक्रमको अन्त्यमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख श्री शिब प्रसाद खनालले बीमाबारे नेपाल बीमा प्राधिकरणले तीनै तहका सरकार,आमसञ्चार, विद्यालय तथा कलेज लगायतका आम सरोकारवाला पक्षहरुसंग निरन्तर संवाद र जागरण अभियान सञ्चालन गरिरहेको बताउनुभयो । बीमा दावी भुक्तानी प्रकृयालाई छिटो छरितो र पारदर्शि बनाउन बीमकहरुलाई निर्देश समेत गर्नुभयो । उहाँले राज्यमा हुने हरेक गतिविधिको उजागर गर्दै आम नागरिकलाई सचेत र सम्बन्धित निकायलाई खवरदारी गर्ने आर्थिक पत्रकारिता लगायत यस क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुलाई बीमा विषयमा समेत निरन्तर खवरदारी तथा सचेतना अभिवृद्धिमा लाग्न अनुरोध गर्नुभयो । साथै, बीमा सम्बन्धी हुने गैरकानुनी कार्यहरुको उजागर गरी यसलाई निरुत्सहित गर्न कलम चलाउने विश्वास व्यक्त गर्नुभयो ।