शिक्षक तथा विद्यार्थीहरु विच श्री हरि खेतान बहुमुखि क्याम्पस, वीरगंजसँग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तर्क्रिय कार्यक्रम
नेपाल बीमा प्राधिकरणले प्रदेश तथा स्थानीय सरकार, कृषक, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था,महिला, आर्थिक पत्रकार, विद्यार्थी, घरेलु तथा साना उद्योगी, बीमा मध्यस्थकर्ता, सुरक्षा निकाय, सर्वसाधारण एवं सरोकारवालाहरुमा बीमा सम्बन्धी सचेतना जगाउन तथा आवश्यक जानकारी उपलब्ध गराई बीमाको पहुँच अभिवृद्धि गर्नको लागि एउटा सशक्त माध्यमको रुपमा विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्दै आईरहेको छ ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आ.व ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम अन्र्तगत मिति २०८२/०७/२४ गतेमा श्री हरि खेतान बहुमुखि क्याम्पस वीरगंज,पर्सामा सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख श्री आर्या रावलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि श्री हरि खेतान बहुमुखि क्याम्पस वीरगंज,पर्साका प्रध्यानाध्यापक श्री रबिन्द्र यादवज्यू रहनु भएको थियो ।
मिति २०८२।०७।२३ को सदर टिप्पणी र आदेश बमोजिम श्री हरि खेतान बहुमुखि क्याम्पस वीरगंज,पर्सामा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख श्री आर्या रावल, सहायक निर्देशक श्री महेश मण्डल, सहायक निर्देशक, श्री सुस्मा थापा र सहायक प्रथम निकेश लाल कर्ण सहित ४ जनाको टोलीको उपस्थितिमा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न भयो ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यलयले मिति २०८२।०७।२४ गते श्री हरि खेतान बहुमुखि क्याम्पस वीरगंज,पर्सामा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना कार्यक्रममा विद्यालयको कक्षा १२ का विद्यार्थी भाइ बहिनीहरु ,विद्यालयका शिक्षकहरु साथै प्राधिरणका कर्मचारीहरु सहित ९७ जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक प्रथम श्री निकेश लाल कर्णले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रमको हाजिरि जवाफ कार्यक्रम सहायक निर्देशक श्री महेश मण्डलले गर्नुभएको थियो । साथै शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना मुलक कार्यक्रमको प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री आर्या रावलज्यूले गर्नु भएको थियो । साथै, कार्यक्रममा विद्यार्थीहरुले बीमा सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए । बीमा सम्बन्धी केही प्रश्नहरु विद्यार्थीहरुलाई सोधिएको थियो र सहि उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख अतिथि तथा विद्यालयका प्रध्यानाध्यापक श्री रबिन्द्र यादवले विद्यालयमा बीमा सम्बन्धी कार्यक्रम पहिलो पटक आयोजना भएको र यसबाट आफु लगायत सम्पूर्ण विद्यार्थीहरुलाई यस सम्बन्धमा बिस्तृत जानकारी प्राप्त भएको बताउनुभयो । साथै बीमा सम्बन्धी जिज्ञासालाई सहज रुपमा बुझ्न पाउँदा निकै खुसी लागेको बताउदै यस्तो सचेतना कार्यक्रम बिद्यार्थी भाईबहिनिहरुलाई अध्ययनरत हुदै जानकारी गराउन आवश्यक रहेको सुझाब दिनुभयो ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलयका प्रमुख श्री आर्या रावलले कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै विद्यार्थीहरुलाई वीमा बारे सहि ज्ञान भएमा समाजले बीमाबारे सकारात्मक सोच सृजना गर्न सक्ने साथै बीमाको भविष्य समेत राम्रो हुने जानकारी दिदै धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।