News and Events

News and Events Details

news-img

शिक्षक तथा विद्यार्थीहरु विच श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय जनकपुरधाम­ २४‚ बसहिया ‚धनुषासंग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम

१) पृष्ठभूमी नेपाल बीमा प्राधिकरणले प्रदेश तथा स्थानीय सरकार, कृषक, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था,महिला, आर्थिक पत्रकार, विद्यार्थी, घरेलु तथा साना उद्योगी, बीमा मध्यस्थकर्ता, सुरक्षा निकाय, सर्वसाधारण एवं सरोकारवालाहरुमा बीमा सम्बन्धी सचेतना जगाउन तथा आवश्यक जानकारी उपलब्ध गराई बीमाको पहुँच अभिवृद्धि गर्नको लागि एउटा सशक्त माध्यमको रुपमा विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्दै आईरहेको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आ.व ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम अन्तर्गत मिति २०८२/०७/२० गतेमा श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहिया, धनुषासंग सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख श्री आर्या रावलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहिया, धनुषाका प्रध्यानाध्यापक श्री रबिन्द्र यादवज्यू रहनु भएको थियो । मिति २०८२।०७।१९ को सदर टिप्पणी र आदेश बमोजिम श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहिया, धनुषामा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख श्री आर्या रावल, सहायक निर्देशक श्री महेश मण्डल‚सहायक निर्देशक श्री सुस्मा थापा र सहायक प्रथम निकेश लाल कर्ण सहित ४ जनाको टोलीको उपस्थितिमा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न भयो । २) कार्यक्रमको विवरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यलयले मिति २०८२।०७।२० गते श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहिया, धनुषामा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ का विद्यार्थी भाइ बहिनीहरु ,विद्यालयका शिक्षकहरु साथै प्राधिरणका कर्मचारीहरु सहित १४२ जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक निर्देशक श्री सुस्मा थापाले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन सहायक प्रथम श्री निकेश लाल कर्णले गर्नु भएको थियो । साथै शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना मुलक कार्यक्रममा प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक श्री महेश मण्डलले गर्नु भएको थियो । साथै, बीमा सम्बन्धि ज्ञान सम्बन्धमा प्रस्तुतीकरण पश्चात बिद्यार्थी भाई बहिनीमा छोटो समयको हाजिरी जवाफ कार्यक्रम सञ्चालन गरि सहि उत्तर दिनेलाई पुरस्कार सहित बीमा बुझाई परिक्षण गरिएको थियो उक्त कार्यक्रममा विद्यार्थी भाईबहिनी लगायत शिक्षक शिक्षिकाज्युहरुको बीमा सम्बन्धि विभिन्न प्रश्न तथा जिज्ञासाहरुका साथ साथै शिक्षक शिक्षिका मार्फत बीमा सम्बन्धमा केही महत्वपुर्ण सुझाव राखेका थिए ३) कार्यक्रमको सारांश कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख अतिथि तथा उक्त विद्यालयका प्रध्यानाध्यापक श्री महाविर दासज्युले विद्यालयमा बीमा सम्बन्धी कार्यक्रम पहिलो पटक आयोजना भएको र यसबाट आफु लगायत सम्पूर्ण शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई यस सम्बन्धमा जानकारी प्राप्त भएको बताउनु भयो । साथै बीमा सम्बन्धी आफुमा अन्तरनिहित जिज्ञासा र अन्योलतालाई मेटाउन पाउँदा निकै खुसी लागेको बताउदै यस्तो सचेतना कार्यक्रम बिद्यालयमा बार्षिक रुपमा कम्तिमा एक पटक गर्नुपर्ने आवश्यकता सुझाब दिनु भएको थियो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका कार्यलय प्रमुख श्री आर्या रावलज्यू र सहायक निर्देशक श्री महेश मण्डलज्युले कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा श्री आर्या रावल ज्युले शिक्षक शिक्षिका र विद्यार्थीहरुलाई वीमा बारे सहि ज्ञान भएमा बीमा क्षेत्रमा रहेका समस्या अन्योलता हट्ने साथै यस क्षेत्रको थप बिस्तार मार्फत समाजका हरेक बर्ग र तप्काका मानिसमा बीमा पहुँच मार्फत आम नागरिकको आर्थिक क्षति न्यूनिकरण भई आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयो र कार्यक्रममा सहभागि सबैमा उल्लेख्य सहभागिताको लागि आभार प्रकट गर्दै कार्यक्रमको विधिवत समापन गर्नु भएको थियो ।