सूचना

हुलाक टिकटको सम्बन्धमा।     शिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।     बीमा प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने सम्बन्धमा ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2026-02-12

अध्यक्ष पौडेलबाट पदभार ग्रहण

नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले यही २०८२ साल माघ १३ गते प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ ।

यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष पौडेललाई नेपाल बीमा प्राधिकरणमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।