सूचना

कम्प्युटर सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वाताको समय तालिक र स्थान प्रकाशन गरिएको सम्बन्धमा ।     लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना (२०८१।०५।२४)     Risk Free Rate has been published     Spread Rate has been published     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

प्राधिकरणको कार्य कर्तव्य र शक्ति

नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र आधिकार बीमा ऐन, २०७९ को दफा ५ अनुसार प्राधिकरणको काम, कर्तव्य र अधिकार देहाय बमोजिम छन् 

क) बीमा सम्बन्धमा नेपाल सरकारको सल्लाहकारको रुपमा कार्य गर्ने, 

ख) राष्ट्रिय बीमा नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने, 

ग) बीमा कम्पनीको स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने, इजाजतपत्र प्रदान गर्ने तथा खारेजी गर्ने, 

घ) बीमा व्यवसायको लागि आवश्यक विनियम, निर्देशिका, मार्गदर्शन तथा आदेश जारी गर्ने, 

ङ) बीमा मध्यस्थकर्तालाई इजाजतपत्र प्रदान गर्ने, नविकरण तथा खारेजी गर्ने, 

च) बीमा व्यवसायसँग सम्बन्धित पूँजी तथा पूँजीकोष निर्धारण गर्ने, 

छ) बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन आवश्यक कार्यक्रम बनाई कार्यन्वयन गर्ने, 

ज) बीमा व्यवसायको विकास तथा विस्तारको लागि अध्ययन, अनुसन्धान, तालिम, अभिमुखीकरण तथा सचेतना सम्बन्धी कार्य गर्ने वा गराउने, 

झ) बीमा दायित्व निर्धारण सम्बन्धमा बीमक बिरुद्ध बीमितले दिएको उजुरी उपर निर्णय गर्ने, 

ञ) बीमाका विभिन्न पक्षहरुको बीचको विवाद निरुपण गर्ने, 

ट) बीमा व्यवसायको जोखिम न्युनीकरण गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने, 

ठ) बीमा व्यवसायको विकासको लागि दक्ष जनशक्ति उत्पादन गर्ने तथा बीमा शिक्षाको प्रवर्धनको सम्बन्धमा कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गर्ने, 

ड) बीमाको पहुँच सबै जनतासम्म पुर्याउन बीमा व्यवसाय प्रवर्धन सम्बन्धी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने, 

ढ) बीमाको पहुँच न्यून आय भएका वर्गका जनतासम्म पुर्याउन लघुबीमा व्यसायको प्रवर्धन गर्ने, 

ण) बीमा व्यसायको नियमन, निरीक्षण, सुपरीवेक्षण तथा विकासका लागि अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय, सहकार्य गर्ने तथा सूचना आदान प्रदान गर्ने, 

त) विदेशी मुलुकका बीमा नियमनकारी निकायका साथै अन्तराष्ट्रिय सङ्घ संस्था, बीमा सम्बन्धी अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रम संचालन गर्ने गराउने अन्य सङ्घ संस्थासंग सहकार्य गर्ने, 

थ) बीमा नियमन सम्बन्धी अन्तराष्ट्रिय सङ्घ संस्थामा नेपाल सरकार वा प्राधिकरणको तर्फबाट प्रतिनिधित्व गर्ने तथा त्यस्ता सदस्यता प्राप्त गर्ने, 

द) बीमित हित संरक्षण कोषको संचालन तथा अन्य आवश्यक कार्यगर्ने तथा गराउने, 

ध) बीमा सम्बन्धमा प्रदेश संग समन्वय गर्ने, 

न) बीमा सम्बन्धी नियामक निकायको हैसियतमा गर्ने पर्ने आवश्यक कार्य गर्ने ।