सूचना

RBC FAQ।     बीमकको मुद्दती निक्षेपमा लगानीको एयरमार्क (Earmark) सम्बन्धी मार्गदर्शन, २०८१(प्रथम संसोधन)।     बीमा प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने सम्बन्धमा ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2024-06-02

शपथ ग्रहण मिति: २०८१ जेठ १३

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।