सूचना

कम्प्युटर सीप परीक्षण, सामूहिक परीक्षण तथा अन्तर्वाताको समय तालिक र स्थान प्रकाशन गरिएको सम्बन्धमा ।     लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना (२०८१।०५।२४)     Risk Free Rate has been published     Spread Rate has been published     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

Hello i’m NIA Chatbot
chat icon
How can i help you?
chat icon

NIA Chatbot

chat icon
chatbot

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2023-08-24

निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया

बीमकहरूले GDP मा बीमा क्षेत्रको योगदान बढ्ने गरी लगानी गर्नुपर्छ : अध्यक्ष सिलवाल नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणबाट यही २०८० साल भदौ १ गते काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्याङ्कहरूको विश्लेषण र अन्तर्राष्ट्रिय अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेको हो, यो समग्र बीमा कम्पनीको हितमा छ, निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बीमा कम्पनीहरूले बैङ्कमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधीकरण गर्नुपर्छ ।” लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई लगानी गर्न कुनै अप्ठ्यारो नपारेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोही अनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बीमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्ड बमोजिम कम्पनीहरूले काम गर्नुपर्छ, घर तथा सम्पत्ति बीमालाई प्रोत्साहित गर्न सामूहिकरूपमा पहल गर्नुपर्छ ।” अध्यक्ष सिलवालले संस्थागत सुशासनलाई अझ सशक्त बनाउन, समस्याहरू दोहोरिन नदिन, जोखिमको प्रतिवद्धतालाई तल माथि पर्न नदिन, कूल गार्हस्थ उत्पादन (GDP) मा योगदान बढ्ने गरी लगानी गर्न, बजार विश्लेषण गरेर शाखा खोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानी गर्न र साना बीमा दाबी प्रदेश कार्यालयबाट नै दिनेगरी अधिकार प्रत्यायोजन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुभयो । कानूनका दृष्टिले प्रश्न उठ्ने गरी कुनै काम नगर्न बीमा कम्पनीहरूलाई निर्देशन दिनुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “मर्जरमा गएका बीमा कम्पनीहरूलाई दिने सुविधा, कोरोना बीमाको बाँकी दाबी भुक्तानी र कृषि बीमा अनुदानका बारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको छ ।” बीमा कम्पनीहरूले एउटै समस्या पटक पटक दोहो¥याएमा, अस्वस्थ प्रतिस्पर्धा जारी राखेमा र प्रचलित कानून उल्लङ्घन गरेमा कारवाहीको विकल्प नहुने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले बीमा कम्पनीहरू १० वर्षसम्ममा पनि न्यून आय भएका बर्ग एवम् सीमान्तकृत समुदायमा नपुगेकाले त्यसको जिम्मेवारी लघुबीमा कम्पनीहरूलाई दिइएको बताउनुभयो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूको स्थलगत निरीक्षणबाट देखिएका समस्याहरूको समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यकारी निर्देशक पौडेलले गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा, उधारो बीमा नियन्त्रण, कृषि बीमा, लगानी विविधीकरण लगायतमा केही सुधारहरू देखिए पनि अझै समस्याहरू रहेको स्थलगत निरीक्षणबाट देखिएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले निर्जीवन बीमा व्यवसाय संचालनमा देखिएका समस्याहरू सम्बन्धी प्रस्तुती गर्नुृभएको थियो । यसैगरी, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवारले निर्जीवन बीमा कम्पनीका विद्यमान चुनौतीहरू सम्बन्धी प्रस्तुती गर्नुभएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी), नेपाल बीमक सङ्घका पदाधिकारी, निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।