सूचना

हुलाक टिकटको सम्बन्धमा।     शिलबन्दी प्रस्ताव पेश गर्ने बारे ।     बीमा प्रवर्द्धनात्मक कार्यक्रम संचालन गर्ने सम्बन्धमा ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2025-06-05

नेपाल बीमा प्राधिकरणमा इजलाश संचालन

नेपाल बीमा प्राधिकरणले बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आजदेखि इजलाश संचालनमा ल्याएको छ । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणमा दायर भएका बीमा सम्बन्धी उजूरीहरू शिघ्रताका साथ फछ्र्यौट गर्दै जाने प्रतिवद्धता जनाउनुभए अनुसार छुट्टै कक्ष स्थापना गरी इजलाश संचालनमा ल्याइएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अध्यक्षतामा प्राधिकरणका संचालक समितिका सदस्यहरू मान बहादुर अर्याल, सन्तोष रिजाल र राधा कुमारी पोखरेलको सहभागितामा आज नयाँ कक्षमा इजालाश बसेको छ ।

प्राधिकरणमा एक बीमितले बीमा कम्पनीबाट बीमा दाबी नपाएको भनी दिएको उजूरी माथि इजलाशमा पक्ष तथा विपक्षका कानून व्यवसायीहरूबाट बहस भएको थियो ।