
सूचना
नेपाल बीमा प्राधिकरण
स्थापनाको ५६ वर्ष पार गरी यही २०८२ साल जेठ १ गतेदेखि ५७औं वर्षमा प्रवेश गरेको छ
। प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा जेठ १ गते काठमाडौंमा विभिन्न मन्त्रालय
तथा निकायका विशिष्ट पदाधिकारीहरू समेतको सहभागितामा विशेष समारोह आयोजना गरिएको छ
।
समारोहलाई सम्बोधन
गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रलाई व्यवस्थित, नियमित, पारदर्शी तथा विश्वसनीय बनाउन, नागरिकलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन र मुलुकको आर्थिक
विकासमा बीमा क्षेत्रको योगदान बढाउन प्राधिकरण दृढ प्रतिवद्धताका साथ क्रियाशील
रहँदै आएको बताउनुभयो ।
अध्यक्ष ओझाले भन्नुभयो, “प्राधिकरणबाट विभिन्न मितिमा जारी गरिएका विभिन्न निर्देशन तथा
मार्गदर्शनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको नियमनलाई व्यवस्थित बनाउने काम
भइरहेको छ, जोखिममा आधारित सुपरीवेक्षण प्रणालीलाई
प्रविधिसँग जोड्दै कार्यान्वयन गरिनेछ, प्राधिकरणले अवलम्बन
गर्ने नीति तथा कार्यक्रमलाई थप व्यवस्थित गर्न आगामी वर्षदेखि बीमा सम्बन्धी
वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ ।”
प्राधिकरण तथा बीमकको
आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै कार्यालयबाट प्रवाह गरिने सेवामा
पारदर्शिता, लागतमा न्यूनीकरण तथा प्रभावकारिता
अभिवृद्धिमा जोड दिइने उल्लेख गर्नुहुँदै अध्यक्ष ओझाले भन्नुभयो, “बीमा सम्बन्धी विवादको निरूपणमा उजुरी फर्छौटको गति बढाइएको छ, विवादका पक्षहरूबीच मेलमिलाप तथा आपसी सहमति÷मध्यस्थता
सम्बन्धी कार्यको गति बढाउन छुट्टै शाखा स्थापना गरिएको छ ।”
अध्यक्ष ओझाले बीमा
सूचना केन्द्र स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुहुँदै बीमा
ऐनले परिकल्पना गरे बमोजिम बीमित हित संरक्षण कोष र बीमा विकास कोष स्थापना गरी
पारदर्शी एवम् प्रभावकारी रूपले संचालन गरिने बताउनुभयो ।
प्रदेश सरकार र स्थानीय
सरकारसँग समन्वय गरी स्थानीयस्तरमा बीमा सम्बन्धी जननेतना अभिवृद्धि गर्न, न्यून आय भएका विपन्न बर्गसम्म बीमाको पहुँच पु¥याउन
र बीमाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न प्राधिकरण निरन्तर लागिरहेको,
उहाँले बताउनुभयो ।
अध्यक्ष ओझाले बीमाको
पहुँच बढाउन, बीमा क्षेत्रमा गुणस्तर कायम गर्न, राष्ट्रिय अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान अभिवृद्धि गर्न, बीमा कम्पनीहरूको पूँजीगत आधार बलियो बनाउन र बीमा व्यवसायलाई स्वच्छ,
पारदर्शी तथा प्रतिस्पर्धी बनाउन सम्वद्ध सबैसँग समन्वय एवम्
सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समारोहमा नेपाल राष्ट्र
बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले समग्र बीमा क्षेत्रको
विकास,
सुदृढीकरण, पहुँच बृद्धि र सर्वसाधारणमा बीमा बारेको जागरूकता एवम्
सजगता अभिवृद्धिमा नेपाल बीमा प्राधिकरणको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
उहाँले मुलुकका उत्पादन
तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन र सुरक्षित गर्न बैंकिङ क्षेत्र तथा
बीमा क्षेत्र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
समारोहमा स्वागत
मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव
सुवेदीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगार म्यादी जीवन बीमालेख
समेत गरी कूल जनसङ्ख्याको ४४.६४ प्रतिशत बीमाको दायरामा आएको र मुलुकको कूल
गार्हस्थ उत्पादनमा बीमाशुल्क सङ्कलनको अनुपात ३.६२ प्रतिशत रहेको जानकारी दिनुभयो
।
कार्यकारी निर्देशक
सुवेदीले मानव जीवन, घर, सम्पत्ति
र पूँजीजन्य स्रोतहरूमा विद्यमान जोखिमहरू बीमा कम्पनीहरूमा हस्तान्तरण गरी आर्थिक
सुरक्षाको प्रत्याभूत गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै बीमाको पहुँच देशका
दुर्गम तथा पिछडिएका क्षेत्रहरूसम्म पु¥याउन सम्बद्ध सबैले
थप सक्रियता देखाउनुपर्ने बताउनुभयो ।
समारोहमा विभिन्न
मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रमुख
तथा पदाधिकारी र नियामक निकायका प्रमुखहरू, बीमा क्षेत्रका
विशिष्ट व्यक्तिहरू, नेपाल बीमा प्राधिकरणका निर्देशक लगायत
कर्मचारीहरू, बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा
प्रमुख कार्यकारी अधिकृतहरू, नेपाल बीमा सर्भेयर संघ तथा
पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू र संचारकर्मीहरू लगायतको सहभागिता रहेको
थियो ।