सूचना

बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धमा नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशन।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण पुष १ सम्मको ।     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

समाचार र घटनाक्रम

समाचार र घटना विवरण

news-img
2025-11-24

नेपाल बीमा प्राधिकरण र त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच समझदारी

नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान–प्रदान सम्बन्धी संयन्त्रण निर्माण गर्ने सम्बन्धी समझदारी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले यही २०८२ साल मङ्सीर ७ गते प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सो सम्बन्धी सझादारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा सम्बन्धी अनुसन्धानलाई अगाडि बढाउन र प्राधिकरणका लागि आवश्यक बीमा सम्बन्धी तथ्याङ्क प्राप्त गर्न समझदारीबाट सहयोग पुग्ने बताउनुभयो ।

अध्यक्ष शर्माले विश्वमा नयाँ नयाँ अनुसन्धान र नविनतम् प्रविधि विकसित हुँदै गरेको सन्दर्भमा द्विपक्षीय सहकार्य आगामी दिनमा अझ प्रभावकारीरूपले व्यापक हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले द्विपक्षीय समझदारीबाट अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान एवम् ज्ञान आदान–प्रदानमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

समझदारीपत्रमा बीमा क्षेत्रको अवस्था, प्रभावकारिता र चुनौती, बीमा नीति, बीमाको पहुँच, नयाँ बीमालेखको आवश्यकता, दिगो विकासमा बीमा क्षेत्रको योगदान, बीमा सम्बन्धी सरकारी नीति र वित्तीय क्षेत्र लगायतसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाइने उल्लेख छ । 

यसैगरी, नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अनुसन्धानका क्षेत्र पहिचान गर्ने, त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागले प्राधिकरणको प्राथमिकताका आधारमा बीमा सम्बन्धी अनुसन्धानका लागि विज्ञहरू उपलब्ध गराउने, प्राज्ञिक तथा अनुसन्धानका लागि तथ्याङ्कहरू आदान–प्रदान गर्ने र बीमा अनुसन्धान सम्बन्धी विषयमा तालिम संचालन गर्ने लगायतका विषय समझदारीपत्रमा उल्लेख छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पुजन ढुंगेल अधिकारी, निर्देशक कुन्दन सापकोटा, निर्देशक शाम्भ राज लामिछाने र निर्देशक निर्मल अधिकारी तथा त्रि.वि. तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रा.डा. श्रीजन लाल श्रेष्ठ र लेक्चरर अरूण यादव उपस्थित हुनुहुन्थ्यो ।