News and Events

News and Events Details

news-img

विद्यार्थीहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८३/०२/२८ गते बिहीबार, नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा आदर्श माध्यामिक विद्यायल लेकबेशी नगरपालिका – १, लेखफर्सा सुर्खेतमा कार्यरत शिक्षक तथा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विद्यालयको प्राङ्गणमा सम्पन्‍न गरिएको छ । उक्त कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरू गरी करीब १४० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणको परिचय, प्राधिकरणको काम कर्तव्य र अधिकार, बीमाको परिचय, प्रकार, महत्व, बीमा सम्बन्धी कानूनी व्यवस्था, बीमाको आधारभूत सिद्वान्त, बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरू, बीमा दाबी भुक्तानी माग गर्दा ध्यान दिनुपर्ने विषयहरू, बीमालेख रद्द गर्न सकिने अवस्था, नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सकिने विषयहरू र केही बीमालेख तथा बीमादरहरू सम्बन्धी प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक विपना पन्थी र प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा सहभागी शिक्षक तथा विद्यार्थीहरूले घर बीमा, दुर्घटना बीमा तथा स्वास्थ्य बीमाबारे जिज्ञासा व्यक्त गर्दै बीमामा आबद्ध हुने प्रक्रियाबारे चासो देखाउनु भएको थियो । कार्यक्रममा उठेका विभिन्न प्रश्नहरूको स्पष्ट जवाफसहित कार्यक्रमको समापन नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले गर्नुभएको थियो ।