सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी छलफत तथा अन्तरक्रिया कार्यक्रम
नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षण कार्यक्रम बीमकहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मिति २०८२/०५/१६ गते सोमबार, वीरेन्द्रनगरमा रहेको शुभ होटेलमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशिलदेव सुवेदीज्यूको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण नियमन तथा सम्पत्ति शुद्भिकरण निवारण शाखाका प्रमुख एवं प्राधिकरणका उपनिर्देशक श्री पदम प्रसाद सोडारीज्यू र नेपा बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख एवं प्राधिकरणका उपनिर्देशक श्री निलप्रसाद लामिछानेज्यूको आतिथ्यता रहेको थियो भने कार्यक्रममा बीमकका कर्णाली प्रदेश प्रमुख, सुर्खेत शाखा प्रमुख र जोखिमाङ्कन हेर्ने कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख श्री निलप्रसाद लामिछानेज्यूले स्वागत मनतव्य दिने क्रममा प्रशिक्षणबाट प्राप्त ज्ञानलाई कार्यस्थलका अन्य सहकर्मीसँगै आदान-प्रदान गर्दै कार्यान्वयन गर्न सहभागिहरूलाई आग्रह गर्नुभयो । प्रशिक्षण कार्यक्रममा नेपाल बीमा प्राधिकरण सम्पत्ति शुद्धीकरण निवारण शाखाका प्रमुख श्री पदम प्रसाद सोडारीज्यूले AML/CFT को सम्बन्धमा प्रशिक्षण गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा शुभकामना दिँदै कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशिलदेव सुवेदीज्यूले प्रशिक्षित हुने बीमकका कर्मचारीलाई आ-आफ्नो जिम्मेवारी निष्ठापूर्वक कार्यान्वयन गर्न निर्देशन दिनुभयो । साथै निर्देशकज्यूले बीमा क्षेत्रका लागि कर्णाली प्रदेश निकै प्रोग्रेसिभ र निकै जागरुक भएको देखिन्छ यो जागरुकता, जुझारुपन र सक्रियता अझै कायम रहोस् र भविष्यमा प्राधिकरणले कम्पनीमा आइपर्ने जुनसुकै समस्याहरु पनि समाधान गर्न तयार भएको बताउनुभयो। कार्यकारी निर्देशक सुवेदीले बीमितको हित प्रवर्द्धनका लागि आफ्ना निजी स्वार्थलाई पर राख्दै कानुनले निर्देश गरेका परिधिभित्र बसेर आफ्नो व्यवसाय गर्नका लागि वातावरण बनाउन र कार्यान्वयन गर्नका लागि कर्णाली प्रदेश सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।