News and Events

News and Events Details

news-img

बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयद्वारा बीमा सचेतना र Disaster Risk Financing सम्बन्धी Workshop कार्यक्रम

चैत १९, सुर्खेत । कर्णाली प्रदेशमा बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयद्वारा विभिन्न कार्यक्रमहरू सम्पन्न गरिएको छ। तीन दिनसम्म सञ्चालन भएका यी कार्यक्रमहरू कालीकोट र जुम्ला जिल्लाका स्थानीय तहसँगको सहकार्यमा आयोजना गरिएका हुन्। पहिलो कार्यक्रम मिति २०८२ चैत ८ गते कालीकोट जिल्लाको महाबै गाउँपालिकामा सम्पन्न भएको थियो। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष सिंहले घर बीमा र कृषि तथा पशुपन्छि बीमालाई प्राथमिकतामा राख्दै यसको विस्तारका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो कार्यक्रममा पालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरू, शिक्षक प्रतिनिधि, अगुवा कृषक प्रतिनिधि, कृषि प्राविधिक, स्थानीय सुरक्षाकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । त्यसैगरी, मिति २०८२ चैत ९ गते जुम्लास्थित होटल पौवामा ‘Disaster Risk Financing’ सम्बन्धी Workshop कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। उक्त कार्यक्रममा सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकाया, पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर विष्ट, जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत,विपद् समितिका सदस्यहरु लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो। तेस्रो कार्यक्रम मिति २०८२ चैत १० गते जुम्लाकै हिमा गाउँपालिकामा सम्पन्न भएको थियो। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्न बहादुर शाही उपस्थित हुनुहुन्थ्यो। सो कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरू, शिक्षक प्रतिनिधि, अगुवा कृषक प्रतिनिधि, कृषि प्राविधिक, स्थानीय सुरक्षाकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । उल्लेखित तीनवटै कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले गर्नुभएको थियो। कार्यक्रममार्फत बीमा सेवा विस्तार, विपद् जोखिम न्यूनीकरण तथा स्थानीय तहसँगको सहकार्य सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको थियो। कार्यक्रममा सञ्चालन तथा सहजीकरण नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक भीम बहादुर माझीले गर्नुभएको थियो ।