News and Events

News and Events Details

news-img

बैंक तथा वित्तीय संस्थाका प्रदेश/शाखा प्रमुखहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा बैंक तथा वित्तीय संस्थाका प्रदेश/शाखा प्रमुखसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मिति २०८२/०५/१५ गते आइतबार, वीरेन्द्रनगरमा रहेको शुभ होटेलमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख निलप्रसाद लामिछानेले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशीलदेव सुवेदी, नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयका कार्यालय प्रमुख श्री राजन प्रसाद रेग्मी, नेपाल बीमा प्राधिकरणका नियमन शाखाका प्रमुख श्री पदम प्रसाद सोडारीज्यूको आतिथ्यता रहेको उक्त कार्यक्रममा निर्जीवन बीमकहरूको तर्फबाट केन्द्रीय प्रतिनिधि, सुम्पूर्ण वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा बीमकहरूको कर्णाली प्रदेश कार्यालय तथा विभिन्‍न शाखा कार्यालयका कार्यालय प्रमुहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न, जनताको धनसम्पत्तिको सुरक्षा गर्न र वित्तीय क्षेत्र प्रति विश्वास कायम राख्न दुवै नियमनकारी निकाय बीच घनिष्ठ सहकार्य आवश्यक रहेको हुदाँ बैङ्क तथा बीमा क्षेत्रबीच हुने आपसी सहयोग र सहकार्यले सम्रग मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योग्दान पुग्ने बताउनुभयो । उहाँले बैंकबाट कर्जा प्रवाह गर्दा धितोको बीमा केबल कर्जा रकम बराबरको मात्र बीमा गर्ने प्रचलनले न्यून बीमाङ्क कायम हुने र दाबी भुक्तानीमा बीमितले क्षति भएको वास्तविक सम्पत्ति भन्दा न्यून क्षतिपूर्ति रकम पाउने समस्या देखिएको भन्दै आवश्यक सहजीकरणमार्फत सम्पूर्ण सम्पत्तिको बीमा गर्नुपर्ने सुझाव समेत दिनुभयो ।