परिचय

कर्णाली प्रदेशमा बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनिय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वच्छ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नको लागि नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर, सुर्खेतमा मिति २०७९ जेष्ठ २८ गते देखि सञ्चालनमा आएको छ । वि.स.२०७९ भदौ १६ गते नेपाल सरकारका तत्कालिन अर्थमन्त्री माननीय जनार्दन शर्माज्यूबाट नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयको समुद्घाटन सु-सम्पन्न भएको थियो ।