श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालय,कलैया,बारा संग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तर्क्रिय कार्यक्रम
नेपाल बीमा प्राधिकरणले प्रदेश तथा स्थानीय सरकार, कृषक, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था,महिला, आर्थिक पत्रकार, विद्यार्थी, सर्वसाधारण एवं सरोकारवालाहरुमा बीमा सम्बन्धी सचेतना जगाउन तथा आवश्यक जानकारी उपलब्ध गराई बीमाको पहुँच अभिवृद्धि गर्नको लागि एउटा सशक्त माध्यमको रुपमा विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल कार्यक्रम गर्दै आईरहेको छ ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आ.व ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम अन्र्तगत मिति २०८२/०९/०२ गतेमा कलैया,बारा स्थित श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालयमा सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय सहायक निर्देशक श्री महेश मण्डल ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालयका प्राधानाध्यापक श्री रमेश कुशवाहाज्यू रहनु भएको थियो ।
मिति २०८२।०८।२२ को सदर टिप्पणी र आदेश बमोजिम मधेश प्रदेशको श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालय,कलैया,बारामा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक निर्देशक श्री महेश मण्डल ,सहायक निर्देशक श्री सुस्मा थापा र सहायक प्रथम श्री निकेश लाल कर्ण सहित ३ जनाको टोलीको उपस्थितिमा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न भयो ।
२) कार्यक्रमको विवरण
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यलयले मिति २०८२।०९।०२ गते श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालय,कलैया,बारामा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना कार्यक्रममा विद्यलयको ११ र १२ कक्षाका विद्यार्थी भाइ बहिनीहरु, विद्यालयका शिक्षकहरु साथै प्राधिरणका कर्मचारीहरु उपस्थिति रहेको थियो । सो विद्यालयका उक्त तहका सबै गरि लगभग १०० जना शिक्षक शिक्षिका ,छात्र-छात्राहरुको उपस्थिती रहेको थियो ।
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक प्रथम श्री निकेश लाल कर्णले औपचारिक कार्यक्रम सञ्चालन सुरु गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन सहायक निर्देशक श्री सुस्मा थापाज्यू ले गर्नुभएको थियो । शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना मुलक कार्यक्रममा प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक श्री महेश मण्डल ले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बीमा सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए सोधिएका प्रश्नहरुको सम्बोधन पालैपालो प्राधिकरणका उपस्थित टिमले गर्नु भएको थियो । बीमा सम्बन्धी केही प्रश्नहरु विद्यार्थीहरुलाई सोधिएको थियो र सहि उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।
३) कार्यक्रमको सारांश
कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख अतिथि तथा विद्यालयका प्राधानाध्यापक श्री रमेश कुशवाहाज्यू ले आफुले पनि बीमा क्षेत्रमा काम गरेको र बीमा अत्यन्तै महत्वपुर्ण रहेको बताउदै । विद्यालयमा बीमा सम्बन्धी कार्यक्रम पहिलो पटक आयोजना भएको र यसबाट सम्पूर्ण बिद्यार्थीहरुलाई बीमा सम्बन्धि आधारभुत ज्ञान प्राप्त भएको बताउदै । यस्तो सचेतना कार्यक्रम बिद्यार्थीका लागि निकै महत्वपुर्ण हुने बताउनु भयो । साथै प्राधिकरणलाई धन्यबाद ज्ञापन पनि गर्नु भयो । प्राधिकरणको तर्फबाट सहायक निर्देशक महेश मण्डल ज्यूले प्रमुख अतिथि ज्यूलाई मायाको चिनो र बीमा लेख रचना प्रदान गर्नु भयो । र कार्यक्रमको लागि सहजीकरणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सभाध्यक्षता गर्नुभएका सहायक निर्देशक श्री महेश मण्डल ज्यूले विद्यार्थीहरुलाई वीमा बारे सहि ज्ञान भएमा समाजले बीमा बारे सकारात्मक सोच सृजना गर्न सक्ने साथै बीमाको भविष्य समेत राम्रो हुने जानकारी दिदै स धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।