News and Events

News and Events Details

news-img

श्री बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय,मुखियापट्टि,धनुषासंग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तर्क्रिय कार्यक्रम

नेपाल बीमा प्राधिकरणले प्रदेश तथा स्थानीय सरकार, कृषक, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था,महिला, आर्थिक पत्रकार, विद्यार्थी, सर्वसाधारण एवं सरोकारवालाहरुमा बीमा सम्बन्धी सचेतना जगाउन तथा आवश्यक जानकारी उपलब्ध गराई बीमाको पहुँच अभिवृद्धि गर्नको लागि एउटा सशक्त माध्यमको रुपमा विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल कार्यक्रम गर्दै आईरहेको छ । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आ.व ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम अन्र्तगत मिति २०८२/०९/०३ गते धनुषा स्थित श्री बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय,मुखियापट्टि,धनुषा सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख श्री आर्या रावलज्यूको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि श्री बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयका प्राधानाध्यापक श्री रामदेव पुर्वेज्यू रहनु भएको थियो । मिति २०८२।०८।२९ को सदर टिप्पणी र आदेश बमोजिम मधेश प्रदेशको श्री बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय,मुखियापट्टि,धनुषामा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका कार्यालय प्रमुख श्री आर्या रावल,सहायक निर्देशक श्री सुस्मा थापा र सहायक प्रथम श्री निकेश लाल कर्ण सहित ३ जनाको टोलीको उपस्थितिमा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यलयले मिति २०८२।०९।०२ गते श्री बैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालय,मुखियापट्टि,धनुषामा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना कार्यक्रममा विद्यलयको १०, ११ र १२ कक्षाका विद्यार्थी भाइ बहिनीहरु, विद्यालयका शिक्षकहरु साथै प्राधिरणका कर्मचारीहरु उपस्थिति रहेको थियो । सो विद्यालयका उक्त तहका सबै गरि लगभग ७९ जना शिक्षक शिक्षिका ,छात्र-छात्राहरुको उपस्थिती रहेको थियो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक प्रथम श्री निकेश लाल कर्णले औपचारिक कार्यक्रम सञ्चालन सुरु गर्नु भएको थियो साथै शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना मुलक कार्यक्रममा प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक श्री सुस्मा थापाज्यू ले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बीमा सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए उक्त प्रश्नको सम्बोधन श्री आर्या रावल ज्यू सहित प्राधिकरण टिमले दिनु भएको थियो । बीमा सम्बन्धी केही प्रश्नहरु विद्यार्थीहरुलाई सोधिएको थियो र सहि उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा उक्त स्कुलका प्रधानाध्यापक ज्यूको आफ्नो कार्य व्यस्तता कारण कार्यक्रम समापन सम्म उहाँको उपस्थिती हुन सकेको थिएन र प्राधिकरणको तर्फबाट बिद्यालयका लागि मायाको चिनो तथा लेख रचनाहरु उक्त स्कुलका शिक्षक ज्यूलाई प्रदान गरिएको थियो । मायाको चिनो ग्रहण गर्दै उहाँले बीमा सम्बन्धी जिज्ञासालाई सहज रुपमा बुझ्न पाउँदा निकै खुसी लागेको बताउदै यस्तो सचेतना कार्यक्रम समय समयमा बिद्यालयमा गरिदिन प्राधिकरण समक्ष अनुरोध गर्नु हुदै प्राधिकरण परिवारलाई कार्यक्रमका लागि सधन्यबाद दिनु भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख आर्या रावल म्यामले उपस्थित शिक्षक शिक्षिका र सम्पुर्ण विद्यार्थी भाई बहिनीलाई सहभागिता र सहजीकरणको लागि धन्यबाद व्यक्त गर्दै भोलीका कर्णधार विद्यार्थी भाई बहिनीलाई बैंक जस्तै बीमा पनि महत्वपुर्ण विषय रहेको र यसलाई मौका मिले सम्म थप अध्ययनको दायरा बढाउदै बीमा यसबाट लाभ लिन सुझाउदै कार्यक्रम समापन गर्नु भएको थियो ।