News and Events

News and Events Details

news-img

शिक्षक तथा विद्यार्थीहरु विच श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालय,कलैया,बारा संग बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तर्क्रिय कार्यक्रम

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आ.व ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विद्यार्थी तथा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम अन्र्तगत मिति २०८२/०९/०२ गतेमा कलैया,बारा स्थित श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालयमा सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय सहायक निर्देशक श्री महेश मण्डल ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालयका प्राधानाध्यापक श्री रमेश कुशवाहाज्यू रहनु भएको थियो । मिति २०८२।०८।२२ को सदर टिप्पणी र आदेश बमोजिम मधेश प्रदेशको श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालय,कलैया,बारामा नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक निर्देशक श्री महेश मण्डल ,सहायक निर्देशक श्री सुस्मा थापा र सहायक प्रथम श्री निकेश लाल कर्ण सहित ३ जनाको टोलीको उपस्थितिमा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न भयो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यलयले मिति २०८२।०९।०२ गते श्री ३ चन्द्र उच्च माध्यमिक बिद्यालय,कलैया,बारामा शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना कार्यक्रममा विद्यलयको ११ र १२ कक्षाका विद्यार्थी भाइ बहिनीहरु, विद्यालयका शिक्षकहरु साथै प्राधिरणका कर्मचारीहरु उपस्थिति रहेको थियो । सो विद्यालयका उक्त तहका सबै गरि लगभग १०० जना शिक्षक शिक्षिका ,छात्र-छात्राहरुको उपस्थिती रहेको थियो । नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक प्रथम श्री निकेश लाल कर्णले औपचारिक कार्यक्रम सञ्चालन सुरु गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन सहायक निर्देशक श्री सुस्मा थापाज्यू ले गर्नुभएको थियो । शिक्षक तथा विद्यार्थीहरुसंग बीमा सचेतना मुलक कार्यक्रममा प्रस्तुतीकरण नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक श्री महेश मण्डल ले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बीमा सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए सोधिएका प्रश्नहरुको सम्बोधन पालैपालो प्राधिकरणका उपस्थित टिमले गर्नु भएको थियो । बीमा सम्बन्धी केही प्रश्नहरु विद्यार्थीहरुलाई सोधिएको थियो र सहि उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।