मधेश प्रदेश कार्यालय

नेपाल बीमा प्राधिकरण नेपालमा बीमा क्षेत्रको नियामक निकाय हो । बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नु नेपाल बीमा प्राधिकरणको मुख्य उद्धेश्य रहेको छ । नेपाल बीमा प्राधिकरणको भूमिकालाई विस्तार गर्दै र देशको संघीय प्रणालीअनुसार यसको संगठनात्मक संरचनामा संशोधन गर्दै, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालय, वि.सं. २०७९ साल अषाढ महिनादेखि आदर्शनगर-१०, वीरगंज, पर्सामा सञ्चालनमा रहेको छ ।