“सुदूरपश्चिममा Anticipatory Action एकीकरण तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धी नीतिगत संवाद”
धनगढी, कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरिय विपद् जोखिम व्यवस्थापन प्रणालीमा Anticipatory Action (AA) एकीकरणका लागि Gap पहिचान, विपद् जोखिम व्यवस्थापन (DRR) तथा जलवायु परिवर्तन अनुकूलन (CCA) बजेट सम्बन्धी नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयबाट सहभागिता जनाई विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा भइरहेका प्रयास, आगामी प्राथमिकता तथा नीतिगत सुधारका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा विपद् आउनुअघि नै सम्भावित जोखिमको पूर्वानुमान गरी आवश्यक तयारी तथा प्रतिकार्य गर्ने Anticipatory Action लाई प्रदेशस्तरीय विपद् जोखिम व्यवस्थापन प्रणालीमा प्रभावकारी रूपमा एकीकृत गर्ने विषयमा विशेष छलफल भएको थियो। साथै, DRR तथा CCA का लागि विनियोजित बजेटको प्रभावकारी परिचालन, विद्यमान नीतिगत तथा संस्थागत Gap पहिचान, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जोखिम न्यूनीकरणका उपायका सम्बन्धमा सहभागीहरू बीच विचार–विमर्श गरिएको थियो। नेपाल बीमा प्राधिकरणको सहभागिताबाट विपद्का कारण हुने आर्थिक क्षति न्यूनीकरण, जोखिम हस्तान्तरण तथा बीमामार्फत वित्तीय सुरक्षा सुनिश्चित गर्ने विषयलाई विपद् जोखिम व्यवस्थापनको समग्र प्रणालीसँग जोड्ने सम्बन्धमा समेत छलफल भएको थियो।
कार्यक्रमले सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम व्यवस्थापनलाई थप समन्वयात्मक, पूर्वतयारीमुखी र जोखिममा आधारित बनाउन तथा विपद्का सम्भावित आर्थिक क्षति न्यूनीकरणमा बीमाको पहुँच र भूमिकालाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।