निवन्ध प्रतियोगिताको नतिजा ।
निवन्ध प्रतियोगिताको नतिजा प्रकाशन सम्बन्धी सूचना !!
नतिजा प्रकाशन मिति: २०८३/०३/२९
नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयद्वारा आयोजित " दिर्घकालिन आर्थिक विकासमा: बीमाको योगदान(The contribution of Insurance on long term economic development)" विषयक निवन्ध प्रतियोगितामा सहभागी भई प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहभागी, विद्यालय तथा सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
निवन्ध प्रतियोगिता उप-समितिको मूल्याङ्कन र मिति २०८३/०३/२९ गतेको निर्णयका आधारमा देहायबमोजिमका प्रतियोगीहरू उत्कृष्ट घोषित भएको जानकारी गराइन्छ ।
नतिजा विवरण
क्र.स. नाम र थर कलेज/ विश्वविद्यालयको नाम स्थान पुरस्कार राशि
(कर सहित)
१. श्री मनिषा पाण्डे श्री लुम्बिनी बाँणिज्य क्यामपस प्रथम रू. १५,०००/-
२. श्री ऋचा खनाल श्री बुटवल कालिका क्यामपस द्वितीय रू. १०,०००/-
३. श्री स्वस्तिका शर्मा भुषाल श्री क्रिमसन कलेज अफ टेकनोलोजी तृतीय रू. ५,०००/-
विजेता प्रतियोगीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम मिति २०८३/०३/३१ गते दिउँसो १:३० बजे, नेपाल बीमा प्राधिकरण लुम्विनी प्रदेश कार्यालयमा आयोजना गरिने भएकाले सम्बन्धित सबैलाई समयमै उपस्थित हुन अनुरोध गरिन्छ ।
थप जानकारीका लागि:
नेपाल बीमा प्राधिकरण
लुम्बिनी प्रदेश कार्यालय, बुटवल
फोन: ०७१-५९१५०२
इमेल: infolp@nia.gov.np