News and Events

News and Events Details

news-img

कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न -२०८२

नेपाल बीमा प्राधिकरणको आयोजनामा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम २०८२ साल असार २२ गते सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बीमाको दायरा विस्तारका लागि उच्चस्तरीय समिति गठन गर्ने र प्रदेश बीमा नीति ल्याउने घोषणा गर्नुभएको थियो। उहाले राहत वितरणभन्दा नागरिकलाई बीमामा ल्याउन र घर तथा विपन्न वर्गको बीमा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समयमै दाबी भुक्तानी गर्न कम्पनीहरूलाई निर्देशन दिइएको जानकारी दिँदै, हात्ती बीमाको तयारी भइरहेको बताउनु भएको थियो । साथै, अनौपचारिक क्षेत्रका श्रमिक र विपन्न वर्गलाई बीमामा समेट्न प्रदेश सरकारसँग सहकार्यको आग्रह गर्नुभयो। कार्यक्रममा बीमाको पहुँच विस्तार, दाबी भुक्तानीमा पारदर्शिता, र साझा बीमा नीति तयार गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सचिव, योजना आयोगका पदाधिकारी, बीमकका प्रतिनिधि तथा बीमा प्राधिकरणका प्रतिनिधिहरूको सहभागिता थियो।