Interaction program with Butwal Chamber of commerce and Industry, Rupandehi
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल ज्यूले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताउनुभएकाे छ। नेपाल बीमा प्राधिकरणद्वारा मिति २०८१।०५।१४ बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्यूले भन्नुभयाे “बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन्, प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको हुन्छ ।”
बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष ज्यूले भन्नुभयाे, “बीमक, बीमित र अन्य पक्षको साझेदारीबाट नै बीमाको प्रवद्र्धन हुन्छ, प्राधिकरणले सम्बद्ध सबैको भावना समेटेर नीति निर्देशिका बनाउने गरेको छ, उद्योगीहरूको समस्या समाधान गर्न प्राधिकरण सधैं तत्पर छ ।” अध्यक्ष ज्यूले कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारसँग पहल भइरहेको जानकारी दिनुभयाे ।