Email: info@nia.gov.np
Contact No:  +977-1-5421079, 5428604
Location:  Lalitpur-10, Kupondole,Nepal
Stay Connected On
  • नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सव
    सरकारले बीमा क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ : अर्थमन्त्री डा. महतमाननीय अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा यही २०८० साल जेठ १ गते काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले व्यवसायिक मोडलका साथ स्वतन्त्ररुपले नियामकीय भूमिका निर्वाह गर्न नेपाल बीमा […]
  • मधेशमा बीमाको पहुँच बढाउन बीमकहरु नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ: अध्यक्ष सिलवाल
    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभएको छ ।नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग यही चैत २३ गते भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले बीमालेख नवीकरणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।अध्यक्ष […]
  • सबै कुराको जिम्मा सरकारले लिनसक्दैन, आर्थिक सुरक्षण गर्न बीमा गर्नुपर्छ: अध्यक्ष सिलवाल
    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताउनुभएको छ ।नेपाल बीमा प्राधिकरणद्वारा मधेश प्रदेशको पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा यही चैत २२ गते आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो […]
  • आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द गरेर सबैको बीमा गर्न अध्यक्ष सिलवालको आग्रह
    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गर्नुभएको छ ।नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत २१ गते आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले स्थानीय तहले आर्थिक सहायता, चन्दा जस्ता खर्च बन्द […]
  • बुटवल उपमहानगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया
    बुटवल उपमहानगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रियानेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भूकम्प, आगलागी, बाढी, पहिरो लगायतका विपत्तिमा राहत वितरणका लागि छुट्याइएको बजेट बीमामा सदुपयोग गर्नसके बीमाबाट सबैको जोखिम व्यवस्थापन हुने बताउनुभयो ।अध्यक्ष सिलवालले […]
  • लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया
    लुम्बिनी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रियानेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाकक्षमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बीमाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने भएकाले विपन्न बर्ग सहित हरेक क्षेत्रमा बीमाको पहुँच पुग्ने गरी बीमाको योजना बनाउने […]
  • बुटवलमा उद्योगी व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया
    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज रुपन्देही जिल्लाको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले न्यूनतम कागजातको व्यवस्था गरी छिटोछरितोरुपमा बीमा दाबी भुक्तानी गर्न बीमा […]
  • पोखरा महानगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा यही फागुन ८ गते सोमबार बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले महानगरभित्रका घर लगायत सम्पत्तिहरुको बीमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गर्नुभयो । अध्यक्ष सिलवालले आर्थिकरुपले सम्पन्न व्यक्तिलाई बीमा गर्न प्रोत्साहन गर्न र […]
  • बीरगञ्जमा नेपाल बीमा प्राधिकरणको प्रदेश कार्यालय उद्घाटन
    नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले यही २०७९ मङ्सीर २६ मधेश प्रदेशको बीगञ्जमा प्राधिकरणको प्रदेश कार्यालयको उद्घाटन गर्नुभएको छ । यसअघि, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिएका प्राधिकरणका प्रदेश कार्यालयहरूको उद्घाटन भइसकेको छ । प्राधिकरणको प्रदेश कार्यालयबाट बीमा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम संचालनका साथै बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापन, […]
  • बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया
    नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर २६ गते बीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने उल्लेख गर्नुहुँदै ऐनले नेपाल बीमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले अब बीमा सम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको […]
  • नेपाल बीमा प्राधिकरणको कार्य शुभारम्भ नेपाल बीमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्छ : अध्यक्ष सिलवाल
    नेपालको संविधान बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ लागू भएको दिन यही २०७९ साल कात्तिक २२ गते मङ्गलबारदेखि बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ । त्यस अवसरमा ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको कार्यालयमा यही कात्तिक २२ गते आयोजित कार्यक्रमका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको साइनबोर्ड अनावरण गर्नुभई प्राधिकरणको काम कारवाहीको औपचारिकरुपमा […]
  • बीमा ऐन, २०७९ बमोजिम बीमा समिति नेपाल बीमा प्राधिकरणमा परिणत भई कार्य शुभारम्भ गरेको अवसरमा प्राधिकरणबाट जारी प्रेस विज्ञप्ती
    नेपाल बीमा प्राधिकरण १.     नेपालको संविधान बमोजिम सङ्घीय संसद्बाट बनेको बीमा ऐन, २०७९ मिति २०७९ साल कात्तिक २२ गतेदेखि लागू भएको छ । बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ मा परिणत भएको छ र प्राधिकरणले यही कात्तिक २२ गतेदेखि औपचारिक रूपमा काम शुरू गरेको छ । यसअघि, नेपालको बीमा नियमनकारी […]
  • अर्थमन्त्री शर्माबाट बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन
    बीमालाई शहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म ‍‌पुर्याउन अर्थमन्त्री शर्माबाट निर्देशन माननीय अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिले कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरेको प्रदेश कार्यालयको यही २०७९ साल भाद्र १६ गते उद्घाटन गर्नुभएको छ ।समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले बीमामा विश्वसनीयता कायम गर्न र बीमालाई शहर बजारमा मात्र सीमित नराखी गाउँ गाउँसम्म पुर्याउन निर्देशन दिनुभयो […]
  • लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया
    गरीव, विपन्न र पिछडिएका बर्गले बीमा गर्न पाउनुपर्नेमा अध्यक्ष सिलवालको जोड बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिनुभएको छ ।बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा यही २०७९ साल भाद्र १७ गते बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको […]
  • “गरीबसम्म बीमाको पहुँच पुग्नुपर्यो‌, गरीबको बीमा हुनुपर्यो” -अध्यक्ष सिलवाल
  • शुभकामना आदान प्रदान कार्यक्रम सम्बन्धी प्रेस नोट ( प्रकाशित मिति : २०७८/०६/२४)
    शुभकामना आदान प्रदान कार्यक्रम : बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको समग्र विकास एंवम विस्तारका लागि राष्ट्रिय बीमा नीति आवश्यक भएको बताउनुभएको छ । विजय दशमी, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा बीमा समितिले आज ललितपुरको कुपण्डोलस्थित समितिको कार्यालय परिसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले मुलुकको बीमा क्षेत्रलाई नीतिगतरुपमा […]
  • जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम
     
  • कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिममा प्रशिक्षकको लागि रोष्टरमा सुचिकृत हुने सम्बन्धि सूचना
  • सुचना प्रबिधि अधिकृत पदका लागी सुचना
  • ईलरक्ट्रोनिक्स बिडिङबाट सवारीसाधन आपूर्ति गर्ने बारेको सुचना