Email: info@nia.gov.np
Contact No:  +977-1-5421079, 5428604
Location:  Lalitpur-10, Kupondole,Nepal
Stay Connected On
07 Apr 23

सबै कुराको जिम्मा सरकारले लिनसक्दैन, आर्थिक सुरक्षण गर्न बीमा गर्नुपर्छ: अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा मधेश प्रदेशको पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा यही चैत २२ गते आयोजित बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छ ।”
बीमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्राधिकरण दृढताका साथ अगाडि बढिरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीको पूँजी वृद्धिको निर्णयबाट बीमा कम्पनीहरू सबल भएका छन् । बीमा गरेपछि दाबी दिनैपर्छ । बीमा दाबी भुक्तानीको अवस्था हेरेर अब बीमा कम्पनीको मूल्याङ्कन हुन्छ ।”
“मधेश प्रदेशमा अझै पनि बीमाको पहुँच न्यून छ । करोडौंका सडक, पुल, भवन बनेका छन्, तर तिनको बीमा भएको छैन । अब तिनको समेत बीमा गरेर जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुप¥यो । बीमाको पहुँच बढाउन स्थानीय सरकार अग्रसर हुनुप¥यो”, अध्यक्ष सिलवालले भन्नुभयो, “बीमा कम्पनीहरूले सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुप¥यो, बीमा दाबीका लागि सिफारिश गर्दा वडा कार्यालयहरूले पनि बीमा दाबी गर्ने व्यक्तिका बारेमा राम्रोसँग बुझेर मात्र सिफारिश गर्नुप¥यो । स्थानीय सरकारले विपन्न बर्गको बीमा गरिदिनुप¥यो, सबै नागरिकको दुर्घटना बीमा गर्नुप¥यो, यसबाट जनप्रतिनिधिहरूको लोकप्रियता अझ बढ्छ ।”
बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरूले बीमा गर्ने तर दाबी दिने बेलामा विभिन्न बहाना बनाएर हैरान पार्ने गरेका गुनासाहरू आउने गरेको उल्लेख गर्नुहुँदै दाबी भुक्तानी स्थानीयस्तरबाट छिटोछरितो रूपमा हुने ठोस नीतिगत व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गर्नुभयो ।
प्रमुख सिंहले स्वास्थ्य बीमामा धेरै समस्या देखिएकाले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरण मातहत राखेर प्रभावकारी बनाउन र बैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानीयस्तरबाट नै बीमा गर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो । साथै, उहाँले महानगरपालिकाबाट संचालित विकास निर्माणका आयोजना र कृषिलाई बीमाको दायरामा ल्याउन आगामी बजेट मार्फत अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन र बीमा गर्नका लागि गाउँ गाउँमा जान बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको जानकारी दिनुभयो ।
नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा सम्बन्धी समग्र विषयमा प्रस्तुती गर्नुभयो ।
नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेल र सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले बीमा दाबीका लागि सिफारिश गर्दा यथार्थ बुझेर मात्र सिफारिश गर्न र विचौलियाहरू माथि निगरानी बढाउन वडा कार्यालयहरूसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले बीमा दाबी भुक्तानी पाउन कठिन रहेको, दाबी भुक्तानी गर्ने बेलामा बीमा कम्पनीहरूले झन्झट दिने गरेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा रहेको, स्वास्थ्य बीमा राम्रो भए पनि समस्याग्रस्त रहेको, कम्पनीले आफ्नो पूँजीभन्दा पनि बढी व्यवसाय गर्नाले समस्या देखिएको लगायतका गुनासाहरू गर्नुभएको थियो ।
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले संचालन गर्नुभएको कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, उद्योगी व्यवसायी, यातायात व्यवसायी, अगुवा कृषकहरू लगायत गरी करिव १२० जनाको सहभागिता रहेको थियो ।